बैठक स्थगित

काठमाडौं । आज बस्ने भनेर निश्चित गरिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय गरिएको थियो ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए ।

गत साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको राहत,उद्धार र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो । नेकपा स्थायी कमिटीको अर्को बैठक कहिले हुने भन्ने विषयमा समय किटान गरिएको छैन ।