गुल्मीमा मास्क नलगाई हिड्ने १ सय १५ जना कारवार्हीमा
गुल्मीमा मास्क नलगाई हिड्ने कार्वाहीमा परेका छन् । आज एकै दिन मास्क नलगाई हिड्ने १ सय १५ जना कारवार्हीमा परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक(डिएसी) केदारराज पन्तले जानकारी दिनुभयो । आज प्रहरीले सदरमुकाम तम्घासमा चेकजाँचसँगै अनुगमन गरेको थियो ।
कार्वाही स्वरुप उनीहरुबाट एक सय रुपैँयाका दरले जरिवाना गरिएको डिएसी पन्तले जानकारी दिनुभएको छ । उनीहरुबाट कारवाही स्वरुप १५ हजार ७ सय रुपैँया राजस्व संकलन् भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै यसअघि नै जिल्ला विपद् व्यवस्थापन समितिले मास्क नलगाई हिड्नेलाई कार्वाही गर्ने निर्णय गरिसकेको छ ।
लकडाउन खुलेसँगै माक्स नलगाई हिड्नेको संख्या बढ्दै गएपछि जिल्लामा चेकजाँच तथा अनुगमनलाई तिव्र पारिएको हो । मास्क नलगाई हिड्दा कोभिड–१९ को संक्रमण तथा जोखीमता बढ्ने भन्दै अनुगमनलाई तिव्र पारिएको डिएसपी पन्तले जानकारी दिनुभएको छ ।