नेकपा फुटको संघारमा


काठमाडौं । सत्तारुढ दल नेकपा फुटको संघारमा पुगेको छ । कम्युनिष्ट पार्टी बिधि, बिधान, पद्धती र सिद्धान्तमा चल्नुपर्छ । तर अहिले नेकपा यी कुनै पनि सिद्धान्तबाट पनि अगाडि बढेको पाइदैन । पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगबाट अगाडि बढेको र पार्टीलाई वाइपास गरेको भन्दै सचिवालय र स्थायी समिति बैठकमा तिब्र आलोचना हुँदै आइरहेको छ ।
असार १० गतेबाट जारी नेकपा स्थायी समितिको बैठकले कुनै निष्कर्ष निकाल्न सकिरहेको छैन । लामो समयदेखि बैठक स्थगित हुँदै र चल्दै आएको छ । प्रधानमन्त्री एवंम पार्टीका पहिलो नम्वरका अध्यक्ष ओलीले नेकपालाई पद्धती भन्दा पनि आफुअनुकुल संचालन गरेको भन्दै बैठकहरुमा व्यापक आलोचना हुँदै आइरहेको छ ।
नेकपामा नौ सदस्य शक्तिसाली सचिवालय रहेको छ । उक्त सचिवालय पनि प्रधानमन्त्री ओलीले मुलुकका लागि राम्रो काम गर्न नसकेको र पार्टी एकताको कामलाई पनि पुर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ । ४५ सदस्सीय स्थायी समिति पनि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन । बहुमत स्थायी समिति सदस्यहरुले पार्टीलाई बिधि बिधान अनुसार संचलान नगरेको र सरकार नेकपाको भन्दा पनि गुटको आधारमा चलेको भन्दै सच्चिन बारम्वार आग्रह गर्दै आएको भएपनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै राजीनामा मागेका छन ।
तर प्रधानमन्त्रीले उल्टै चुनौती नेताहरुलाई दिएर उम्किने प्रयास गरिरहेको छन । मंगलबार बोलाइएको स्थायी समिति बैठक बिना सुचना अन्तिम समयमा आएर एकाएक स्थगित गरेपछि बहुमत स्थायी समितिका सदस्यहले बैठक सम्पन्न गरेका छन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक गरेर प्रधानमन्त्री ओलीलाई नै चुनौति दिने काम गरेका छन । यस घटनाले नेकपाको आन्तरिक बिवाद थप छत्ताछसल्ल भएको छ र पार्टी फुटको संघारमा पुगेको अडकलबाजी हुन थालेको छ ।
मंगलबारको स्थायी समितिको बैठकमा ३० जनाको उपस्थिति रहेको थियो । यस घटनाले प्रधानमन्त्री ओली स्पष्ट रुपमा अल्पमतमा परेका छन । अव उनले आफनो कुर्सी जोगाउनका लागि बरिष्ठ उपाध्यक्ष एवम नेता बामदेव गुर्हान थालेका छन । नेता गौतमार्फत ६ बुँदे सहमतिको तुरुपसमेत फयाँकेका छन । मंगलवार दिउँसो सहमतिको तुरुप फाल्न लगाएका नेता गौतमलाई भेटन साँझ प्रधानमन्त्री ओली स्वय उनको निवास भैंसेपाटी पुगेका थिए र उतै खानासमेत खान भ्याए ।