नेकपाको बिवाद : दुवै नेताको निशाना कुर्सी !


काठमाडौं । नेकपा भित्रको बिवादले नयाँ मोड लिएको छ । तत्कालिन नेकपा माओवादी र नेकपा एकीकृत भएर नेकपा बनेको हो । दुवै पार्टी एकभएपछि नेकपाको ४ सय ४४ केन्द्रीय समिति बनेको हो । यी मध्येका १ सय ५० जना भन्दा बढी केन्द्रिय सदस्यहरुले लिखित रुपमा केन्द्रिय समितिको बैठक बोलाउन माग गरेका छन । पार्टीका दुबै अध्यक्षलाई सम्वोधन गर्दै बुधवार उनीहरुले लिखितरुपमै बैठक बोलाउन माग गरेपछि नेकपाको बिवादले नयाँ मोड लिएको बताइएको छ । बुधवार महासचिव बिष्णु पौडेलले समय नदिएका कारण उनीहरुले माग पत्र भने बुझाउन सकेनन ।
पार्टी भित्रको आन्तरिक बिवादले नेकपा लामो समयदेखि कुइरोको काग झै रुमलिइरहेको छ । खासगरी नेकपाका दुई अध्यक्षको शक्ति संघर्षले नेकपालाई गतिहिन र दिशाहिन बनाएको छ । उनीहरु बिचको बिवाद सचिवालय, स्थायी समिति र अध्यक्षद्धयको बाराम्वारको बैठकले पनि हल गर्न नसकेपछि बिवाद नयाँ चरणमा प्रबेश गर्दै आएको थियो । पार्टी भित्रको आन्तरिक बिवाद मिल्न नसकेपछि अव केन्द्रिय समितिबाटै निकास खोज्ने गरी केन्द्रिय समिति बैठक बोलाइएको एक नेताले बताए ।
बारम्वारको बैठकले निकास निकाल्न नसकेकोमा नेकपाका नेता तथा कार्यकर्ताहरु रुष्ट हँदै आएका छन । नेकपाका र्शिसस्थ नेताहरुको बाराम्वारको बैठक र कोठे भेलाले कुनै निकास निकाल्न नसकेको भन्दै केन्द्रिय सदस्यहरुले लिखित रुपमा बैठक बोलाउन माग गरेपछि नेकपामा अहिले नयाँ तरङग उत्पन्न भएको छ ।
नेकपा अध्यक्ष एवंम प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मुलुक संचालन र पार्टी भित्रको आन्तरिक समिकरण मिलाउन नसकेपछि बिवादले नयाँ रुप लिएर सतहमा आएको हो । बारम्वार आन्तरिक बिवाद मिलाउनको लागि दुई अध्यक्षले वान टु वान बैठक गरेपनि निकास निकाल्न सकेनन । बिवाद झन बढदै गएर अहिले पार्टी नै फुटको संघारमा पुगेको छ ।
दुई अध्यक्षका छुटटछुटटै गुटको भेलाले पनि नेकपालाई बिभाजन गर्न सघाउ पुरर्याइरहेका छन । प्रधानमन्त्री पक्षधरहरुले महाधिवेशनको पासा फालेर कार्यकाल लम्वाउन खोजेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरु आगो ओकलिरहेका छन । मुलुकलाई समुद्धिको बाटोमा अगाडि बढाउने कुरामा भन्दा पनि उनीहरुको लडाईं कुर्सी प्राप्तिको लागि भइरहेको भन्दै जनस्तरबाट बिरोध पनि भइरहेको छ । तर नेताहरु जनताको बिरोधको वेवास्ता गर्दै एकोहोरो रुपमा कुर्सीलाई नै निशाना बनाएर अगाडि बढेका छन । उनीहरुले पार्टीको बिधि बिधानलाई लत्याएर मलाई त्यही केटी चाहिन्छ भन्ने गीतसँग मिल्ने गरी आफुहरुलाई उभ्याइरहेका छन । उनीहरुको यो कदमको नागरिकस्तरबाट पनि बिरोध भइरहेको छ ।
मुलुक कोरोना महामारी र बाढी पहिरोका चपेटामा छ । यो बेला नागरिकको जिउँ धनको सुरक्षा, राहत र उद्धारमा खटिनुपर्ने सत्तारुढ दल आन्तरिक बिवादमा अल्झेर दुनियाँ हसाईरहेको छ । नेता तथा कार्यकताहरु सरकार र पार्टीको बचाउमा भन्दा पनि नेताहरुको फेर समातेर सर्मथन र बिरोधमा उत्रिरहेका छन ।