देशभर जनैपूर्णिमा मनाइयो
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज देशभर रक्षा बन्धन बाँधेर र जनै फेरेर मनाइएको छ।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासुत्र बाँध्छन्। यो बाँध्दा सुखशान्ति, ऐश्वर्य प्राप्तहुने जनविश्वास रहेको छ । आज भोली दिदीबहिनीले दाजुभाइलाई रक्षा बन्धन बाँधिदिने चलन पनि बढ्दो छ।
जनै फेर्न सोमबार बिहानै मानिसहरू पशुपति, बंगलामुखीलगायत मन्दिरमा पुगेका थिए। जनैलाई तागाधारीहरुको रक्षाकवच हो पनि भनिन्छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण पशुपति क्षेत्र लगायत मुलुकका अन्य प्रमुख मठमन्दिरमा यसपालि पहिले जस्तो भिडभाड भने थिएन।