गाईजात्रा पर्व उल्लासपूर्ण कोरोनाको डर हट्दै गएको आभास

काठमाण्डौ । जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा प्राचीन चाडपर्वहरु मध्ये एक हो । काठमाण्डौ, ललितपुर र भक्तपुरमा यो चाड विशेष रुपमा मनाउने प्रचलन रहेको छ । यहाँ गाईजात्रा हेर्न काठमाडौं उपत्यकामात्र नभई उपत्यकासँग जोडिएका जिल्लाबाट समेत मानिसहरु आउँछन् ।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण गाईजात्रा विगतमा जस्तो उत्सवमय हुन नपाए पनि यो जात्रा हेर्न आउनेको भिडभाडले उत्साह चाँही घटेको देखिदैन । । उपत्यकाका विभिन्न क्षेत्रबाट गाईजात्राको दिन बाजागाजासहित निकालिने झाँकीले नगर परिक्रमा गर्दा नगरको खचाखचले मानिसहरुमा उत्साह थप्ने गर्दछ ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन, जात्रा तथा धार्मिक सभाहरु गर्न रोक लगाए पनि भक्तपुरमा त्यसको पालना भएन । भक्तपुरको गाईजात्रामा सयौं मानिसहरु भेला भए, जसले कोरोना महामारी फैलिने खतरा भने बढाएको छ ।

घरबाहिर निस्कदा कम्तीमा २ मिटरको दूरी कायम गर्ने, मास्क लगाउने, बालबालिका र वृद्धवृद्धालाई घरबाहिर ननिस्कन सरकारले आग्रह नै गरेको भएपनि आजको यो दृष्यले दुई मिटरको सामाजिक दुरी कायम गर्न सम्भव थिएन ।

आजको यो भिडभाडले मानिसहरुमा कोरोना प्रतिको डर हट्दै गएको आभास दिलाईरहेको छ । तर उपत्यकामा दिनानु दिन संत्रमण भयावह हुदै गईरहेको सन्दर्भमा सावधानी अपनाउन जरुरी छ ।