आजबाट जोर–बिजोर लागु
काठमाडौं । काठमाडौं उपत्यकालगायतका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ ।
दिनानु दिन तिब्ररुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोर प्रणालीको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको गृहमन्त्रालयले जनाएको छ ।
सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ । यसलाई सबै सवारीचालकले ध्यान दिनु पर्ने यदि यसलाई उलंघन गरेको पाइएमा चालक स्वयं कारबाहीको भागिदार हुनु पर्ने मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध र दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको जानकारी दिएको छ ।