स्वाब दिएपछि आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न सरकारले आग्रह गरेको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले स्वाब परीक्षणका लागि स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् ।
त्यस्तै नमुना परीक्षणको रिपोर्ट पोजेटिभ आएमा आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ । कोरोना परीक्षणका लागि स्वाब दिएकाहरु रिपोर्ट नआउँदै समुदायमा घुम्ने र पछि संक्रमण पुष्टि हुँदा सम्पर्कमा आएका व्यक्तिको खोजीमा समस्या हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।