कोरोना खोप बनाएको रुसको दाबी
कोरोना माहामारी छिट्टै अन्त हुने विश्वास
काठमाण्डौ । रुसले विश्वमा सर्वप्रथम सफल कोरोना खोप बनाएको दाबी गरेको गरेको छ । साथै रुसको स्वास्थ्य मन्त्रालयले कोरोना खोप उत्पादन सुरु गरिहेको छ । यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने रुसले जनाएको छ। तेस्रो चरणको परीक्षण गर्नुअघि नै खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ। तेस्रो चरणको परीक्षणमा हजारौं मानिसले खोप लगाउनेछन्। खोप उत्पादनको अनुमतिका लागि यो चरण महत्वपूर्ण मानिन्छ। रुसले खोपको नाम स्पुतनिक राखेको छ। यो विश्वमा सबैभन्दा पहिले ऊ आफैंले बनाएको उपग्रहको नामबाट यस खोपको नामाकरण गरिएको हो। राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएका कोरोनाविरुद्धको खोप सबै दृष्टिले सुरक्षित र प्रभावकारी प्रमाणित भएको दाबी गरेका छन् । यहि डिसेम्बर देखि जनवरीसम्ममा मासिक ५० लाख डोज उत्पादन थालिने जनाईएको छ। अहिले अमोरिकाले समेत रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेको छ।