नेकपाको एकताः केन्द्रको मन मिलेपनि कार्यकर्ता अन्योलमा
तत्कालीन नेकपा एमाले र एकिकृत माओवादी केन्द्रबीच पार्टी एकता भएको दुई महिना पुगिसकेको छ ।
दुई महिनाको अन्तरालमा केन्द्रमा पार्टी एकता गरियो, केन्द्र तहमै बिभिन्न कमिटीहरु गठन गरियो, पार्टी एक गर्नको लागि विधान बनाइयो तर पनि पार्टीका नेता कार्यकर्ताको मन भने एक हुन सकेको छैन।
केन्द्रीय कार्यालयकै कुरा गर्ने हो भने धुम्बाराहीस्थित केन्द्रीय कार्यालयलाई सचिवालय कार्यालय र कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयलाई जनवर्गीय संगठनको कार्यालयका रूपमा निर्धारण गरिए पनि अहिले दुवै कार्यालयलाई पार्टीका नेता कार्यकर्ताले साझा भने मान्न सकिरहेको देखिँदैन।
पार्टीको धुम्बाराहीस्थित कार्यालय पुग्दा पूर्व एमाले निकट नेता कार्यकर्ताको उपस्थिति देखिन्छ भने पेरिसडाँडामा पूर्व माओवादी केन्द्र निकट नेता कार्यकर्ताको उपस्थिति बाक्लो देखिने गरेको छ।
‘पार्टी कार्यालयमा मात्र होइन, शीर्ष नेताहरूसँगको सम्पर्क तथा एकीकृत पार्टीप्रतिको बुझाइमा समेत नेता कार्यकर्तामा एकरूपता आउन सकेको छैन। अहिले पनि पूर्व माओवादी केन्द्र निकट नेता कार्यकर्ता आफ्नो नेताका रूपमा पुष्पकमल दाहाललाई नै मान्ने गरेका छन्। छुट्टै पार्टी हुँदा जस्तै पार्टी एकता भइसकेपछि पनि दाहाल निवास खुमलटारमा पूर्व माओवादीहरुकै अखडा हुने गरेको छ।
केन्द्रका शिर्ष नेताहरु वाहेक तत्ला तह र तप्काका नेताहरु भने अझै पार्टीको एकिकरण र त्यसले गर्ने व्यवस्थापन प्रति ढुक्क छैनन् । दुई पार्टी एक भएपनि पार्टीका कार्यालयहरु एक भएका छैनन् । तत्कालिन एमालेका नेता कार्यकर्ता आफ्नो पार्टी कार्यालयमा नै जाने गरेका छन् उनीहरु तत्कालिन माओवादी कार्यलयमा पुग्न सकेको देखिएको छैन भने माओवादीको पनि त्यस्तै छ ।
कार्यकर्ताहरुमा अझै पूर्ण मनोवल आउन सकेको छैन भने तल्ला तहका संरचनामा कसरी संगठन मिलाएर लैजाला भन्ने समय कुरेर बसेको देखिन्छ । केन्द्रीय तहका नेताहरु वाहेक अन्य तह र तप्काका नेताहरुमा पार्टीले दिने भूमिका र आफ्नो पुरानो पद र हैशियत कायम राख्न कसरी सकिन्छ भन्ने मनोभावना व्याप्त छ ।
तल्लो दर्जाका नेताहरु बाहिर खुलेरै नलागेपनि पुरानो संगठनमा रहेको आफ्नो स्तरका नेतालाई कसरी पछाडि पार्ने र आफु अगाडि बस्ने भन्ने मानसिकता देखिएको छ । उनीहरु एक आपसमा समझदारी भएजस्तो गरेपनि भित्री मनमा भने आपशी शंका र पदिय लोलुपता देखिन थालेको छ ।
नेकपाका केन्द्रीय तहका नेताहरुले पार्टी एकीकरण सम्पन्न भइसकेपछि हाल मन मिलाउने काम भइरेको बताइरहेका छन् तर तल्लो तह र पार्टी भित्रका संगठनहरुबीच भने अन्योलता कायम नै छ । अहिले पार्टी एक तर चुलो दुइओटा छन् त्यसमा पनि मुख्य मान्छे वाहेक अरुले छुट्टा छुट्टै खाना खाइरहेका छन् ।
पार्टीको सम्पत्तीः
पार्टी सम्पती एक ठाउँमा ल्याउने प्रकृया अगाडि बढेको बताइएको छ तर सबै सम्पत्ती सर्वजनिक नहुन सक्दछ जसले गर्दा कुनै नेता वा समूह मोटाउने अवस्था देखा पर्न सक्दछ । पार्टीले उठाउने लेबि र बैङ्कमा देखाइएको सम्पत्ती वाहेका प्राप्त हुने सहयोग पारदर्शी नभएको हुन सक्दछ जो कुनै नीजि स्वार्थ वा सामूहिक स्वार्थका कारण बाहिर नआउन सक्दछ जसले गर्दा आन्तरी द्धन्द्ध सिर्जना नहोला भन्न सकिदैन ।
तत्कालिन एमाले वा माओवादी आपशमा परिर्वतन गर्नेहरु
द्धन्द्धकालमा होस् या कुनै मनमुटाव र पदिय हिशाव नमिलेर तत्कालिन एमाले बाट माओवादी पवेश गरेका र माओवादीबाट एमाले प्रवेश गरेकाबीच पार्टी एकिकरणले त्यस्तो सार्थकता दिने देखिदैन । बिचार परिर्वतन वा संगठन परिर्वतन गरेर होस् या अन्य कारणले गएकाहरु पार्टी एकिकरण पछि उनै र उही नेतृत्वलाई मान्न नहिच्किचाउलान् भन्न सकिदैन । द्धन्द्धकालमा माओवादीबाट मारिएका वा पिडित भएको समूह जो माओवादीप्रत्ति अझै पनि संतुष्ट हुन सकेको छैन र मनमा वदलाको भावना लिएर बसेको छ उसलाई पार्टी एकताले कुनै सार्थकता दिएको देखिएको छैन ।
यसको व्यवस्थापन
जसरी केन्द्रमा पार्टी एक भएको सन्देश र केन्द्रीय कमिटिहरु निमार्ण गरिएको छ त्यस्तो सजिलो तल्ला तह र तप्काका संगठनहरु एक गर्न नसकिने देखिन्छ । प्रदेश, जिल्ला देखि गाउँतह सम्म भएका विभगिय संगठन, भातृ संगठनहरु मिलाउन कुनै चानेचुने कुरा छैन र यसको व्यवस्थापन गर्न निकै कसरत गर्नु आवश्यक देखिन्छ ।
जसरी एकताको संदेशले सकारात्मक माहोलको सृजना गरेको छ त्यो तरिकाले सम्पूर्ण तह र तप्कालाई मिलाएर लैजानु नेकपाले अबको चुनौती छ । कसैलाई पाखा र हाम्रालाई काखा गर्न थालियो भने संगठन र पार्टी झन कमजोर हुँदै जान सक्दछ त्यसलाई व्यवस्थापन गर्दै चुस्त दुरुस्त र नितान्त ब्यक्तिगत स्वार्थबाट माथी उठेर योग्य र पार्टीप्रत्ति गरेको योगदानको कदर गर्दै उनीहरुलाई भूमिका दिन हिच्किचाउनु हुँदैन जसले पार्टी बलियो र समग्र जनताको मन जित्न सक्दछ।
- शमशेर कार्की, निर्देशक: रेसुङ्गा टूडे डटकम