तीन मुक्तक

मुक्तक – १
रुँदा पनि सङ्गै रून्छन्, कुनै कुनै साथी
भने जति सबै सुन्छन्, कुनै कुनै साथी
स्वार्थैस्वार्थ भएका आफन्तकै भिडमा
सबै भन्दा माथि हुन्छन् कुनै कुनै साथी

मुक्तक – २
आफ्नोपनको पनि अभर भएर हुन सक्छ
बलात्कारीको ठुलो, कदर भएर हुन सक्छ
संसारबाट गिद्द, लोप हुनुको मुख्य कारण
यहाँ मानिसकै गिद्दे, नजर भएर हुन सक्छ

मुक्तक – ३
अमृत नै सोचेर पिउँछ , खै के स्वाद पाउँछ
एउटा जड्याहा बिहान बिहानै भट्टी धाउँछ
कसरी पिउँछ खुट्टै नटेकिने गरी जाँड रक्सी
मलाई त गाडी कै धुँवाले पनि उल्टी आउँछ

चुलाचुली गाउँपालिका– ६, ईलाम