प्रचण्ड–नेपालको कचकच, ओलीको अडान

नेकपालाई बिभाजन गराएर रमाउन खोज्नेहरुको सपना अब साकार नहुने भएको छ । गत शुक्रवार दुई अध्यक्ष बिच छलफल भई कार्यदल गठन गर्ने सहमति सँगै त्यो संभावना टरेको हो । अहिले जसरी र जुनसुकै हालतमा पनि नेकपालाई बिभाजन गराउने र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गर्न खोज्ने तत्वहरु सल्वलाउन थालेका छन । अव उनीहरुको सपाम पनि पुरा हुन भएका छन । सकेसम्म नेकपालाई जुटन नदिने खेलहरु चलिरहेका छन । यी सवै षडयन्त्रहरुलाई सफल हुन नदिन नेकपाका पार्टी अध्यक्ष एंवम प्रधानमन्त्री केपी शर्माले लिएको चटटनी अडानले बिस्तारै काम गर्न शुरु गरेको र परिणाम बाहिर आउन लागेको छनक मिल्दैछ ।
१० असारमा शुरु नेकपा स्थायी समितिको बैठक पार्टीभित्रको बिवादलाई हल गर्नको साटो कुनै ठोस निर्णय गर्न नसकेर अलमलमा परेपछि अहिलेसम्म बैठक स्थगित छ । नेकपालाई जुनसुकै हालमा बिभाजन गर्नकै लागि योजनाबद्ध रुपमा पार्टी नेतृत्व र सरकार प्रमुखबाट जर्वजस्त हटन बाध्य पार्ने यो बैठक सर्वाधिक बिवादित बन्न पुगेको छ ।
बैठकमा मुलुकलाई कोरोना संकटबाट पार लगाउन सरकारलाई सहयोग गर्ने र नयाँ उपाय निकाल्न तिर अभिप्रेरित गर्ने भन्दा पनि बर्तमान ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेर नेतृत्व हत्याउने र मुलुकमा राजनीतिक संकट निम्ताउने खेल भएपछि प्रधानमन्त्री झस्किदै आएका थिए ।

त्यसपछि नेकपालाई बिभाजन गर्नेहरुका बिरुद्ध प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठकलाई निरन्तरता दिनुको सटट स्थगित गर्दै आएका छन । नेकपा भित्र मतभेदका रपमा रहेका बिवादित बिषयलाई बार्ताको माध्यमबाट हल खोज्ने र नेकपालाई फुटबाट जोगाउने उपायमा प्रधानमन्त्री ओली लागेको र त्यही किसिमको बिधी सुझाइरहेका छन । स्थायी समितिको बैठकमा सरकारको रचानात्मक आलोचना गर्नु भन्दा पनि प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट बहुमतको आडमा हटाउने एजेण्डा अगाडि सारिएपछि प्रधामन्त्री र उनी निकटका नेताहरु अलमलमा पर्दै आएका थिए । नेकपालाई जसरी पनि बिभाजन गर्ने र पार्टीमा नयाँ बिवाद थपिदै जान थालेपछि देखिने गरी बिवाद सतहमा आएको थियो ।
स्थायी समितिको बैठकमा सोझै पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग हुनासाथ प्रधानमन्त्री ओलीले खुटट कमाएर राजीनामा दिएको भए अहिले मुलुकको राजनीति हालत कुन अवस्थामा पुग्दथ्यो कल्पना गर्न पनि सकिन्नथ्यो । नेपाललाई अस्थिरतामा राखिरहने र त्यसपछि आफुअनुकुलको सरकार बनाएर आफुअनुकुलको रणनीति अगाडि बढाउन खोज्नेहरुलाई प्रधानमन्त्री ओलीले खुल्ला रुपम चुनौति नै दिएका छन । पाँच बर्षको लागि जनअनुमोदित नेकपामा बिभाजन नल्याएसम्म त्यो संभव नहुने निष्कर्श निकालेर नै योजनाबद्ध रुपमा यो खेल खेलिएको थियो । यो कुरालाई प्रधानमन्त्रीले राम्ररी बुझेकोले बिचमा कुनै संभावित दुर्घटना हुन पाएन र सकेन ।


प्रधानमन्त्री ओलीले पार्टीभित्रबाट असहयोग गर्नेहरु नेताहरुको बिगत र हैसियत यो बिचमा छाम्ने काम मज्जाले गरे । नेकपाका कार्यकारी अध्यक्षको हैसियतमा रहेका पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक अडान, हैसियत र बिगतबारे राम्र बुझेका प्रधानमन्त्री ओलीले उनले के के गर्दा रहेछन भनेर नाडीसमेत छाप्न भ्याए । मच्चियो, मच्चियो अनि थच्चियो भने झै स्थायी समिति बैठकमा बुमतको धाक देखाएर ओलीलाई गलाउने उनीहरुको योजना र रणनीति तुहिएको छ । महाधिबेशनमा नहुन्जेल कार्यदलले दिएको प्रतिबेदनको आधारमा पार्टी संचालन गर्ने र बाँकी सवै समस्याको हल त्यसपछि निकाल्ने प्रधानमन्त्रीको योजना रहेको छ । यसै रणनीति अनुरुप पार्टीभित्रको बिवादलाई निकास दिने गरी योजना अगाडि बढाएका छन । यसमा नै नेकपाको हित छ र पार्टीे बिभाजन र फुटबाट जोगिने छ ।
मुलुक गएको बर्ष चैत्रदेखि नै कोरोना माहामारीको कहरबाट गुज्रिरहेको छ । सरकार रोग नियन्त्रण र रोगथामको लागि निरन्तर लागिरहेको छ । संक्रमणका कारण आर्थिक गतिबिधिहरु राम्ररी सुचारु ह्ुन सकिरहेका छैनन । नयाँ कुनै किसिमको योजना र काम कारवाही अगाडि बढाउन सकिने अवस्था छैन । यस्तो गंम्भिर परिस्थितिका माझ पनि सरकारले जनतालाई बचाउनका खातिर गर्र्नुपर्ने र अवलम्वन गर्नुपर्ने सवै किसिमका नीति र उपायहरु लगाइरहेको छ ।
बिचमा एक्कासी नेकपा भित्रको अर्को असन्तुष्ट समुहले दिएको धम्कीलाई सरासर मानेको भए आज सिङो नेकपा रहने स्थिति नै थिएन । यसमा प्रधानमन्त्रीको धैर्यता र बुद्धिमत्ताले धेरै काम गरिरहेको छ । अर्को समुहले पार्टी बिभाजन पछि बन्ने सरकारको खाका राष्ट्रप्रमुख, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु र पार्टी नेतृत्वको लागि अध्यक्षसम्मको पद बाँडफाँट गरेको कुरा सार्वजनिक यस अघि नै भइसेकेको छ ।
यस्तो अवस्थाका बिच पनि प्रधानमन्त्री गंम्भिर भएर, सोच बिचार गरिकन नेकपा भित्रको आन्तरिक बिवादलाई पाँच दिनभित्र समस्या सामाधानका लागि उपाय खोजिने भनेर बुधवार एक टेलिभिजनलाई दिएको अन्तरवार्ता मार्फत नेपाली जनतामाझ जानकारी गराउँदै आश्वस्थ पारेका थिए । त्यही अनुरुप कार्यदल गठन भएको छ । यसले नेकपा भित्रको आन्तरिक समस्या र बिवादलाई निमिटयान्न पार्नेगरी प्रतिबेदन तयार पारेर छिटटै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।