दुई प्रधानमन्त्रीबीच वार्ता : बिग्रेको सम्वन्ध सुधार गर्ने कडी

काठमाडौं । छिमेकी मुलुक भारतको ७४औं स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी शुभकामना दिएका छन् । शनिवार प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी शुभकामना दिएसँगै भारतसँग धुमिलिएको नेपाल भारत सम्वन्धमा सुधार आउने संकेत मिलेको छ ।
नेपाल र भारतको बिचमा अहिले सिमा बिवादका कारण मैत्रीपुर्ण र सौहार्दतापुर्ण सम्वन्ध छैन । छिमकी मुलुकहरुप्रति उति उदार नदेखिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले दोश्रो कार्यकालका लागि प्रधानमन्त्री छन् । मोदीले पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमा आर्थिक नाकाबन्दी गरेका थिए । त्यो पनि पहिलो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीकै पालामा । उनको यो कार्यलाई बर्तमान प्रधानमन्त्री ओलीले दृढतापुर्वक सामना गरेका थिए । त्यो समयमा प्रधानमन्त्री ओलीले राष्ट्र र जनताप्रति भरोसा जगाउँदै नाकाबन्दी बिरुद्ध खरो अडान लिएको कारण निकै लोकप्रिय बनेका थिए ।
नेपालका प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दी बिरुद्ध लिएको अडानका कारण बर्तमान भारतीय प्रधानमन्त्री मोदी नाकाबन्दी खुलाउन बाध्य भएका पनि हुन् । तर अहिले दुवै प्रधानमन्त्रीका बिच सौहार्द र मित्रवत व्यवहार छैन । यसमा धेरै फयाक्टरहरुले काम गरिरहेको बताइएको छ । तर ढिलै भएपनि स्वतन्त्रता दिवसको अवसर पारेर दुई प्रधानमन्त्रीबीच टेलिफोन संवाद हुनु नेपाल र भारत दुवै छिमेकीमुलुकका लागि सुखद समाचार हो । खासगरी पछिल्लो पटक भारतले नेपाली भुमी कालापानी क्षेत्रमा बिना सुचना सडक खनेपछि नेपाल र भारतको बिचमा चिसोपन बढेको हो ।
यस बिचमा भारतसँग नेपालले बारम्वार संवाद गर्न खोजेपनि कोरोना महामारीलाई निहुँ बनाएर भारत तर्कदै आएको छ । भारतले बार्ताका लागि आनाकानी गरेपछि नेपालले एकलौटी रुपमा आप्mनो भुमीलाई समेटेर राजनीतिक नक्शा नै जारी गरेपछि सम्वन्ध निकै तनावपुर्ण बन्दै चिसिदै आएको छ । यता प्रधानमन्त्री ओलीले उपयुक्त समयमा भारतसँग बार्ता हुने बताइरहेका थिए । शनिवार गणतन्त्र दिवसको अवसर पारेर भएको दुई प्रधानमन्त्रीबिचको टेलिफोन वार्ता बिग्रेको सम्वन्धलाई सुधार गर्दै अगाडि बढ्ने कडीका रुपमा लिइएको छ । कुटनीतिका जानकारहरुले यो संवादलाई सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।