प्यारी आमा
सधै अँध्यारो मुहार तिम्रो
जुन बनेर आउछु आमा ।।
सधैरसाउने आँखा तिम्रो
हाँसो बनेर आउँछु आमा ।।
पीडा भोगने मन तिम्रो
खुशी बनेर आउँछु आमा ।।
रोग भोग्ने शरीर तिम्रो
औषधि बनेर आउँछु आमा ।।
गाली गर्ने बानी तिम्रो
विश्वासिलो बनेर आउँछु आमा ।।
छैन पाप मनमा तिम्रो
सम्मान गर्छु सधै आमा ।।
छथर जोरपाटी गाउँपालिका–३, धनकुटा