कोरोना संक्रमणबाट थप ७ को मृत्यु, मृतकको संख्या १६४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार एक महिला र छ पुरुषको निधन भएको हो ।
प्रवक्ता गौतमका अनुसार काठमाडौँकी ७१ वर्षीया महिला, काठमाडौँकै ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषका ७६ वर्षीय पुरुष र रुपन्देहीको ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६४ वर्ष पुगेको छ।