गुल्मीमा कोरोना भाइरस संक्रमतिको संख्या ३७७ पुग्यो

गुल्मी । गुल्मीमा कोरोना भाइरस संक्रमतिको संख्या ३७७ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार मंगलबारसम्म जिल्लामा ३१८ पुरुष र ५९ जना महिलामा गरी कोरोना संक्रमितको संख्या ३७७ पुगेको छ ।
संक्रमितमध्ये ३ सय ६६ जना कोरोनालाई जितेर घर फर्किएका छन् । जसमा ३०७ जना पुरुष र ५९ जना महिला कोरोना जितेर घर फर्किएका स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभएको छ । कोरोना भाइरस संक्रमणबाट यस जिल्लामा ३ जनाको ज्यान गएको छ ।
अहिले जिल्लामा १०० जना मात्र क्वारेन्टाइनमा रहेका छन् । पुरुष ८३ जना र महिला १७ जना क्वारेन्टीनमा रहेका सुचना अधिकारी आर्चायले जानकारी दिनुभयो ।महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा गरी क्वारेन्टाइनको बेड क्षमता १२ सय ९६ रहेको छ । जिल्लामा अहिले ८ जना आइसोलेशनमा रहेका छन् । आइसोलेशनमा रहेका आठै जना पुरुष हुन् ।
यस जिल्लामा अहिलेसम्म ८ हजार १ सय ८४ जनाको आरडीटी परिक्षण गरिएको छ । भने अहिलेम्मि ३२ सय ७५ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन् गरिएको छ । जसमा २९८ जनाको परिक्षण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण जोखिम न्यूनिकरणका लागि जिल्लामा लकडाउन गरिएको छ । गत शुक्रबार राति १२ बजेदेखि गरिएको लकडाउन भदौ १२ गते राति १२ सम्मका लालि तोकिएको छ ।
लकडाउनको पाचौँ दिन पनि सदरमुकाम तम्घास सुनसान देखिएको छ । लकडाउनले मानिसहरु घरबाहिर निस्कन पाएका छैनन् । बिहान साँझ केही समय तरकारी पसल लगायतका अत्यावश्यक सामग्रीका पसल खुल्ने भएकाले त्यस समयमा केही देखिए पनि अन्य समयमा भने बजार सुनसान हुने गरेको छ ।