थपिए ८ सय ८५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो
कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयका प्रवक्ता जानकारी दिएका छन् ।
त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २५२ परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार ७३९ जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १७५ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १ – खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३ र सुनसरीमा ५५ जना ।
प्रदेश २ – धुनषाका ४३, पर्साका १, बाराका २४, महोत्तरीका १८, रौतहटका २०, सप्तरीका १, सर्लाहीका १ सय २० जनामा कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेश – काठमाडौंका २ सय ३०, काभ्रेका २१, चितवनका ४२, दोलखा र धादिङका २र२, भक्तपुरका २४, मकवानपुरका १८, रामेछापका १, ललितपुरका ४७ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पाइएको छ।
गण्डकी प्रदेश– कास्कीमा ४, गोरखामा १, नवलपरासी पूर्वमा ७, लमजुङमा २३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए।
प्रदेश ५ – नवलपरासीमा २, प्युठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९, रोल्पा र जाजरकोटमा १/१ जनामा कोरोना भेटिएको छ।
कर्णाली प्रदेश – दैलेख र सल्यानका १र१ र सुर्खेतका ७, सुदूरपश्चिम प्रदेशको अछामका २०, कञ्चनपुरका २, कैलालीका २९, डडेल्धुरा र डोटीका २र२ जना पनि संक्रमित भेटिएका छन् ।