२४ घण्टामा १२ संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज आठ पुरुष र चार महिला गरी १२ जना संक्रमितको मृत्यु भए हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।
आज मृत्यु हुनेहरुमा मोरङका दुई महिला, भक्तपुर र मकवानपुरका एकरएक जना महिला छन् भने उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एकरएक जना पुरुष छन् । २४ घण्टाको अवधिमा कोरोना संक्रमित मृतकको यो संख्या हालसम्मकै उच्च हो ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ जना पुगेको छ।
दिनप्रतिदिन कोरोना संक्रमितसँगै मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएपछि जनजीवन त्रसित हुँदै गएको छ ।