आज गुल्मीका थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि
पछिल्लो समय गुल्मीमा कोरोना भाइरसका संक्रमित थपिदैँ गएका छन् । शनिबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गुल्मीमा अहिलेसम्म कोरोना संक्रमितको
संख्या ३८७ पुगेको छ । थपिएका ५ जना सबै मुसिकोट नगरपालिकाका हुन् । स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायका अनुसार संक्रमितमध्ये ४०,३२,३२ का तिन जना महिला छन् । भने ७३ र २५ वर्षका दुई पुरुष रहका सुचना अधिकरी आर्चायले जानकारी दिनुभयो ।
जिल्लामा ३२३ पुरुष र ६४ जना महिला गरी कोरोना संक्रमितको संख्या ३८७ पुगेको छ । संक्रमितमध्ये ३ सय ६६ जना कोरोनालाई जितेर घर फर्किएका छन् । जसमा ३०७ जना पुरुष र ५९ जना महिला कोरोना जितेर घर फर्किएका स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभएको छ । कोरोना भाइरस संक्रमणबाट यस जिल्लामा ३ जनाको ज्यान गएको छ ।
अहिले जिल्लामा ९३ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । पुरुष ७२ जना र महिला २१ जना क्वारेन्टीनमा रहेका सुचना अधिकारी आर्चायले जानकारी दिनुभयो । महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा गरी क्वारेन्टाइनको बेड क्षमता १२ सय ९६ रहेको छ । जिल्लामा अहिले १३ जना आइसोलेशनमा रहेका छन् । १२ जना पुरुष र १ जना महिला आइसोलेशनमा रहेका छन् ।