थपिए १२२१ जना कोरोना संक्रमित, उपत्यकामा ४२९

काठमाडौ । पछिल्लो २४ घण्टामा १ हजार २२१ जना कोराना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार देशभरका प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको नमुना परीक्षणका क्रममा ३४८ महिला र ८७३ पुरुष गरी १२२१ जनाा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २६७ जना निको भएर घर गएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।
त्यस्तै हाल संक्रिय संक्रमित १७५१८ रहेको बताइएको छ भने ६९०६ जना होमआइसोलेसनमा रहेको छन् । ७७९७ जना क्यारेन्टिनमा रहेको बताइएको छ । १४४ जनाको आईसीयुमा उपचार भइरहेको छ भने १७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरी, वारा, महोत्तरी, काठमाडौंमा १÷१ महिला र सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर, नवपरासीमा १र१ पुरुष र महोत्तरी र रुपन्देहीमा २र२ जना पुरुषको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२७१७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर परीक्षण ६८२३४३ गरिएको बताइएको छ ।

उपत्यकामा थपिए ४२९ संक्रमित
त्यस्तै २४ घण्टाका काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२ जना, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन । यो संख्या उपत्यकासँगै देशभरमा एकै दिन देखिएको हालसम्मकै सवैभन्दा धेरै हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी तीन जनाको मृत्यु भएको छ ।