डा. बाबुरामको पद मोह, तीन नेताको गोप्य बैठक
काठमाडौं । जनता समाजवादी पार्टीभित्र बिभिन्न किसिमको खिचडी पाकिरहेको छ । पुर्व प्रधानमन्त्रीसमेत रहेका डां बाबुराले आफनो पार्टीलाई मधेशबादी पार्टीमा मिसाएर अहिले उनी पदको बार्गेनिङमा लागेका छन । यसका लागि पार्टीका मुख्य नेताहरुको गोप्य बैठक आफनै सहोदर भाइ शिव भट्टराईको कोटेश्वरस्थित घरमा गरेका छन । बैठकमा जसपाका वरिष्ठ नेताहरु डा.भट्टराई, अशोक राई र राजेन्द्र महतोबीच गोप्य छलफल भएको बुझिएको छ । समाजवादी र राजपाबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको पाँच महिना बित्दा पनि समायोजन सम्पन्न हुन सकेको छैन ।
जसपाभित्र शीर्ष नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नै अहिलेसम्म कुरा मिलेको छैन । संसदीय दलको नेता उपेन्द्र यादव नै बन्न चाहेका छन् । जसपा नेपालमा संघीय परिषद्को पनि व्यवस्था छ । त्यसको एकजना अध्यक्ष रहने व्यवस्था विधानले गरेको छ तर हालसम्म त्यो अध्यक्ष पद खाली रहेको छ ।
शुरुमा त्यसको अध्यक्षमा डा.बाबुराम भट्टराईलाई राखिएको थियो । तर वरियताक्रममा कुरा नमिलेपछि उनी सो पद छाडेर वरिष्ठ नेतामा बस्न राजी भएका थिए । अझै त्यसको अध्यक्षमा बाबुरामलाई नै ल्याउने प्रयास भइरहेको छ तर वरियताक्रम कस्तो राख्ने विषयमा छलफल भइरहेको छ ।