कोरोना महामारी नियन्त्रण, रोकथाम, राहत र उद्धारमा खर्च कमी हुन दिएनौ
– पूर्णकुमार श्रेष्ठ, प्रमुख, देवचुली नगरपालिका, पुर्वी नवलपरासी
मुलुकमा संघीयता लागु भएसंगै सिङ्गो नवलपरासी जिल्लालाई टुत्र्mायाएर दुई जिल्ला बनाइएको छ । यो नगरपालिका अहिले पुर्वी नवलपरासीमा परेकोे छ । यस नगरपालिकाको आन्तरिक आयश्रोत अरु नगरपालिकाहरुको भन्दा अत्यन्तै कम रहेको छ । नगरपालिका भित्र खोला नाला खासै नभएकोले पनि गिटी बालुवाबाट आम्दानी लिन सकिने अवस्था छैन । त्यसकारण हामी केन्द्रिय सरकार र प्रदेश सरकारले दिने अनुदानमा परनिर्भर हुनुपरेको गुनासो छ मेयर श्रेष्ठको ।
नगरपालिकाको आन्तरिक आम्दानी करिव दुई करोड मात्र रहेको र त्यो आम्दानीले दैनिक प्रशासनिक खर्च मात्र धानिरहेको उनको भनाई छ । यसकारणले गर्दा बिकास निर्माणका साथै पुर्वाधार निर्माणका काममा धक फुकाएर लगानी गर्न सकिरहेका छैनौं । तथापी देवचुली नगरपालिका पर्यटनको अत्यन्तै संभावना बोकेको नगरपालिका हो । त्यसैले हामीले यस नगरपालिकामा रहेको देवचुली डाँडामा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्नको लागि बिभिन्न कामहरु गरिरहेका छौं । घुम्न आउने पर्यटकको सुबिधाको लागि पद मार्ग बिकास गरिरहेका छौं । सोलारमार्फत त्यहाँ पानी पुर्याउने काम पनि भइरहेको छ । नगरपालिकाको अवस्था, भावी रणनीति र अहिलेसम्म भएका बिकास निर्माणलगायत अन्य गतिबिधिमा केन्द्रित रहेर रेसुङ्गा टुडे साप्ताहिकले मेयर श्रेष्ठसँग गरेको कुराकानी :
तपाईं नगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि गरेका मुख्य कामहरु के के हुन् ?
हामी यस नगरपालिकामा निर्वाचित भएर आएपछि मुख्य गरी पुर्वाधार निर्माणका कामलाई नै अगाडि बढाएका छौं । यसअघि गाविसको रुपमा रहेको र मुलुकमा संघीयता प्रणाली लागु भएपश्चात मात्र यो नगरपालिकाको रुपमा घोषणा भएको हो । यसकारण पनि आवश्यक मात्रामा पुर्वाधारहरु छैनन् र थिएनन् । खासगरी पुर्वाधार निर्माणमा हाम्रो जोड र प्राथमिकता रहँदै आएको छ । हामी निर्वाचित भएर आएसँगै भौतिक पुर्वाधार अन्तर्गत स्वास्थ्य, सडक, खानेपानी, शिक्षा, सरसफाई, सिंचाई र पर्यटनको कामलाई अगाडि बढाएका छौं ।
यस नगरपालिका भित्र १७ वटा वडाहरु रहेका छन् । यी मध्ये अधिकांशको आप्mनो भवन थिएन । जसका कारण जनताको काम गर्न असहज परिस्थिति थियो । जसमध्ये अहिले १४ वटा जति वडा कार्यालयको भवन निर्माण गर्ने काम सम्पन्न भइसकेको छ । उनीहरुले आप्mनै भवनबाट जनतालाई सेवा दिन थालिसकेका पनि छन् । अव तीनवटा वडाको मात्र आप्mनो भवन बन्न बाँकी छ । बाँकी वडाहरुको भवन पनि छिटो भन्दा छिटो निर्माण गर्ने योजना रहेको छ ।
यस नगरपालिकाको मुख्य आम्दानीका श्रोतहरु के के हुन् ?
यस नगरपालिकाको आन्तरिक आयश्रोत धेरै नै कम छ । यसले पनि हामीलाई काम गर्न बाधा पुरयाएको छ । आन्तरिक श्रोत र पर्याप्त बजेट नभएको कारणले पनि हामीले चाहेर पनि बिकास निर्माणलगायत अन्य पुर्वाधारमा धक फुकाएर लगानी गर्न सकेका छैनौ । आन्तरिक आय बढाउने गरी पर्यटन क्षेत्रको काममा भने हाम्रो ध्यान केन्द्रित भइसकेको छ ।
पर्यटन क्षेत्रको बिकास र नगरपालिकाको आम्दानी बढाउनको लागि के कस्ता योजना अगाडि सार्नु भएको छ ?
देवचुली डांडोलाई हामीले पर्यटन क्षेत्रको गन्तव्यको रुपमा अगाडि बढाउन लागेका छौं । त्यहाँ अहिले पदमार्ग बनाउने काम भइरहेको छ । यसैगरी त्यहाँ पानीको बिकराल समस्या रहेकोले सोलारमार्फत लिप्mटिङ गरेर पानी तान्ने काम भइरहेको छ । नगरपालिकाले यो बिचमा धेरै बिकास निर्माणका काम र योजनाहरु अगाडि बढाइरहेको छ । हामी निर्वाचित भएर आएपछि १७ बटै वडाहरुलाई छुनेगरी करिव ७० किलोमिटर चक्रपथ निर्माणको कामको थालनी गरेका छौं । यसैगरी करिव ५–६ बिघामा बेसार खेती गर्न लागेका छौं । यो नगरपालिकामा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पनि पर्ने भएकोले निकुञ्ज क्षेत्रको वरीपरी बेसार खेती गर्न लागेका हौं । पर्यटन पुर्वाधारको काममा पनि हात अगाडि बढाएका छौं ।
हामीले श्रोत साधनले भ्याएसम्म यस नगरपालिकालाई समृद्ध नगर बनाउने योजना अगाडि सारेका छौं । हामी निर्वाचित भएर आएसँगै यी योजना अगाडि बढाएका हौं । निर्वाचित भएर आउनासाथ हामीले नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरेका छौं ।
यो प्रदेशको पहिलो र नेपालको दोश्रो बालमैत्री नगरपालिका बनेको छ । बालमैत्री घोषणा गरेपश्चात नगर र वडाहरुमा गर्नुपर्ने कार्य योजनाहरु तय गरिसकेका छौं । वडा समितिहरु गठन भएका छन् । भविष्यका कर्णधारसमेत रहेका बालबालिकालाई शिक्षा र स्वास्थ्यमा ध्यान पुर्याउन जरुरी हुन्छ । यसका लागि उनीहरुको खानपानका साथै स्वास्थ्य र पठनपाठनको लागि बिभिन्न गतिविधिहरु गरिरहेका छौं । उनीहरुलाई भविष्यमा आप्mनो खुट्टामा उभ्याउन र उभिन सक्नेगरी बिभिन्न क्रियाकलाप र गतिबिधिहरु अगाडि बढाएका छौं ।
उनीहरुमा रहेको बाल प्रस्फुटन बाहिर ल्याउने, जनचेतना जगाउने र फैलाउन सक्नेगरी बिभिन्न योजना बनाएका छौं । सबै वडाहरुमा बालमैत्री समिति गठन गरेका छौं । साथै उनीहरुको माझमा बिभिन्न किसिमका कार्यक्रम र योजनाहरु लगेर प्रचार प्रसार पनि गरिरहेका छौं । यसबाट उनीहरु लाभान्वित भएका पनि छन् । शिक्षा क्षेत्रका लागि आवश्यक ऐन बनाउने देखि सुधारका लागि चाल्नुपर्ने कदमहरु अगाडि बढाइसकेका छौं ।
कोभिड १९ का कारण अहिले स्वास्थ्य क्षेत्र तहसनहस भएको अवस्था छ नगर क्षेत्रमा रोग नियन्त्रण र रोकथामका लागि के गरिरहनु भएको छ ?
हामीले नगरभित्र बसोबास गर्ने जनताहरुको लागि स्वास्थ्यका बारेमा अत्यन्तै ख्याल गरेका छौं । यो चालु आर्थिक वर्षको नगरपरिषद बैठकबाट जनस्वास्थ्यलाई ख्याल गरी हामीले १ करोड रकम बिनियोजन गरेका छौं । कोरोना महामारीमा दिनरात नभनि खटिने स्वास्थ्य कर्मचारीको लागि अतिरिक्त भत्ताको व्यवस्था मिलाएका छौं । यसको लागि २५ लाख बजेटको व्यवस्था पनि गरेका छौं ।
नगरबासीहरुलाई खानेपानीको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?
खानेपानीको लागि प्रदेश सरकारले हामीलाई राम्रै सहयोग गरेको अवस्था छ । दुई तिनवटा बाहेक अन्य वडाहरुमा खानेपानीको व्यवस्था राम्रै छ । नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कञ्जुस्याई गरेका छैनौ । समग्रमा भन्नुपर्दा यस नगरपालिकामा खानेपानीको अवस्था सन्तोषजनक नै रहेको छ ।
देवचुली नगरपालिका भित्र सडक पुर्वाधारको अवस्था के कस्तो रहेको छ ?
नगरपालिका भित्र सडक पुर्वाधारको काम पनि सन्तोषप्रद ढंगले अगाडि बढिरहेको छ । कम्तिमा पनि ६ मिटर र बढीमा १० –१२ मिटर चौडाइका सडक निर्माण गर्ने नीति अगाडि सारेका छौं । कतिपय सडकहरुलाई कालोपत्रे गर्ने काम सम्पन्न गरेका छौं । केही सडकहरुमा ग्राभेलिङको काम भइरहेको छ । यसैगरी सरसफाइको क्षेत्रमा पनि हामीले पर्याप्त ध्यान दिएका छौं । नगर भित्र दैनिक उत्पादन हुने फोहोर व्यवस्थापनका लागि प्राइभेट कम्पनीसँग समझदारी गरेर संकलनको काम गरिरहेका छौं ।
हाल मुलुकमा फैलिरहेको कोरोना महामारी रोग नियन्त्रण र रोकथामका लागि यस नगरपालिकाले अहिलेसम्म चालेका कदम र आगामी रणनीतिहरु के कस्ता छन् ?
संघीय सरकारले मुलुकमा चैत्र ११ गतेदेखी मुलुकभर लकडाउन लगायो । लकडाउनसँगै यस नगरपालिकाले मेरो संयोजकत्वमा जनप्रतिनिधी, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरु सम्मिलित समिति गठन गरेका थियौ । यससँगै वडास्तरीय समितिहरु पनि गठन गरियो । टोलस्तरीय समितिहरु पनि गठन गरिए । स्थानिय सवै संघ संस्थासँग हातेमालो गर्दै कोभिड १९ रोग नियन्त्रण र रोकथामका बारेमा जानकारी दिने र जनचेतना जगाउने काम गर्र्यौ । नगरपालिका भित्र बसोवास गर्नेहरु छिमेकीमुलकमा रोजगारीका लागि गएको र उनीहरु घर फर्किनलागेको जानकारी पाएसँगै आउनेहरुको लागि गाडीको व्यवस्था मिलायौं । उनीहरुसँग हामीले कुनै शुल्क लिएनौ । बोर्डरबाट सिधै उनीहरुलाई स्कुल र कलेजमा बनाइएको क्वारेन्टिनमा १४ दिनसम्म राख्यौ । अहिलेसम्म यस नगरपालिकामा ५ सय ७७ जना बिदेशी भुमीबाट र नेपालकै अन्य जिल्लाबाट ५५ गरी ६ सय २५ भित्रिएका छन् । सामुहिक क्वारेन्टिनमा बसेका ४ सय ३२ मध्ये सवैले अवधि पुरा गरेर गइसक्नु भएको र अव दुई जना मात्र बाँकी हुनुहुन्छ । केही मानिसहरु होम क्वारेन्टिनमा पनि बस्नुभएको छ । उनीहरुमध्ये पनि निको भइसक्नेहरु धेरै हुनुहुन्छ । नगरपालिका भित्र ३२ जनामा कोरोना पोेजेटिभ देखिएको थियो । यी मध्ये पनि २८ जना निको भएर घर फर्किसक्नु भएको छ । अब चार जना मात्र बाँकी हुनुहुन्छ ।
बिदेशबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुको खर्च व्यवस्थापन कसरी गर्नुभयो र हालसम्म कति रकम खर्च भयो ?
क्वारेन्टिनमा बस्नेहरुको खानपानको सवै व्यवस्था नगरपालिकाले नै गर्दै आएको छ । हामीले गत बर्ष नै कोरोना महामारीको लागि भनेर १ करोड रकम छुट्टाएका थियौ । त्यसवाहेक १० लाख रकम प्रदेश सरकारले उपलव्ध गराएको थियो । राहत र उद्धारमा हामीले १ करोड ३१ लाख भन्दा माथि नै खर्च गरिसकेका छौं ।