थपिए १०६९ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ४८१ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ६ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार हाल १८ हजार ११२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा १० हजार ८३२ र होम आइसोलेसनमा ७ हजार २८० जना रहेका छन् ।
हाल ७ हजार ३९० जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित २२ हजार १७८ निको भएका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर आज परीक्षण भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा महोत्तरीकी ४ वर्षीया बालिका सहित ११ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेहरुमा महोत्तरीकै ३७ वर्षीय पुरुष, सिरहाका ६५ पुरुष, तीन जना ५३, ८० र ६० वर्षीय पुरुष, बाराका ६० वर्षीय पुरुष, चितवनका ५४ वर्षीय पुरुष, काठमाडौंका दुई जना ७० र ३५ वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुष रहेका छन् ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।