गुल्मीका एक युवा संसारकै बहुमूल्य वनस्पति उत्पादन गर्दै

प्रधानमन्त्रीले दिनुभयो हौसला

गुल्मी । गुल्मीका एक युवाले लाखौँको लागनीमा बहुमूल्य विरुवा रोप्नु भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–२ बाघमारेका ३५ वर्षिय युवा दिलिप भण्डारीले रु ९३ लाखको लागतमा बहुमूल्य विरुवा रोपण गर्नुभएको हो। संसार कै बहुमुल्य वनस्पति ‘कालो काठे सुन’ अगार उडको रोपण गर्नुभएको हो ।
“यो संसार कै बहुमुल्य वनस्पति हो, यसको काठ सुन जस्तै हुन्छ र संसारभर यसको दिगो बजार पनि छ ।”कृषक भण्डारीले भन्नुभयो “मैले अहिलेसम्म अगार उडका विरुवा १७ हजार ५ सय रोपिसकेको छु ।” अगार उड औषधीजन्य रुख हो । यसबाट पफ्र्युम बनाइन्छ । यसको काठ कालो हुने भएकोले यसलाई अगार उड भनिएको हो ।
नेपाली सेनाको जागिर छाडेर भारत, कतार, दुवई, ओमान, बहराईन र सिङ्गापुर लगायतका विभिन्न देशमा पुगेर बहुमुल्य वनस्पतिको बारेमा जानकारी लिएपछि भण्डारीले गुल्मीमा बहुमुल्य वनस्पतिको रोपण गर्नुभएको थियो । वनस्पतिहरुले प्रतिफल दिन थालिसकेका छन् । विभिन्न देशमा पुगेर बहुमुल्य वनस्पतिको बारेमा अध्ययन गरेर नेपाल आएपछि उनले विभिन्न ठाउँबाट विरुवाहरु रोप्न थाल्नुभएको हो।
“मैले अगार उड सँगै बहुमुल्य अन्य वनस्पति जस्तै श्रीखण्ड, रक्तचन्दन, तेजपत्ता, रुद्राक्ष लगायतका थुप्रै वनस्पतिहरु रोपेको छु ।” उहाँ भन्नुहुन्छ “गुल्मीबाट सुरु गरेर अहिले स्याङ्जा, रसुवा, धादिङ्ग नुवाकोट र पाल्पामा पनि यस्तै प्रकारका विरुवा रोपेर यसको विस्तार गर्ने क्रममा छु ।” ‘मैले मात्रै यस्ता विरुवा रोप्नुपर्छ भन्ने छैन, यसको विस्तारीकरण गर्नु पनि मेरो मुख्य उद्धेश्य हो ।’ भण्डारीको भनाई छ ।
५ वर्ष अघि वाट वृक्ष रोपण गर्न थाल्नुभएका भण्डारीले अहिले केही विरुवाहरु काठको लागि तयार बनाईसक्नुभएको छ । उहाँले उत्पादन गरेको काठ युरोपेली देशमा पठाउने उहाँको चाहाना छ । “अहिलेसम्म गुल्मी लगायतका विभिन्न ठाउँमा १७ हजार ५ सय अगार उड, १ हजार ८ सय वोधिचित्त, ६० हजार श्रीखण्डका विरुवाहरु सहित विस्तारको क्रममा १ लाख भन्दा बढी बिरुवा रोपिसकेको छु ।” कृषक भण्डारीले भन्नुभयो । संसार कै बहुमुल्य वनस्पति भएकोले विश्व बजारमा पु¥याउन आफुलाई मात्रै असहज हुने भएकोले सरकारको माध्यमबाट अगाडी बढ्ने कृषक भण्डारीले जानकारी दिनुभयो ।
बहुमुल्य वनस्पति युरोपेली देशहरुमा पठाउन सरकारको सहयोग चाहिने र प्रधानमन्त्री पनि सकारात्मक रहेको भण्डारीको भनाई छ । प्रधानमन्त्री आफैले फोन गरेकाले आफुललाई थप प्रेरणा मिलेको भन्दै अझै थुप्रै जिल्लामा यस्ता विरुवा रोप्नको लागि विस्तारीकरण गर्दै जाने उहाँको भनाई छ ।