कोरोनाको कहर र लकडाउनको औचित्यबारे हाम्रो व्याड्मिन्टन समूहका खेलाडीहरूको अभिमत
पूर्णचन्द्र सुवेदी
अब कोरोनाको नाममा डराएर घरभित्र थुनिएर बस्न सकिन्न । यसरी नै बस्नुपर्ने हो भने कोरोनाले होइन कि गुम्सिदाका बाध्यता र पीडाले पिल्सिएर मर्नुपर्ने हुन्छ आममानिस । अहिलेसम्मको अनुभवमा कोरोनासँग डराएर होइन डटेर सामना गर्नुपर्ने बुझियो । यसको नियन्त्रणका लागि लकडाउन भन्दा आपूm सुरक्षित रहने कुरामा सचेतता र सतर्कता अपनाए पुग्छ ।
सरोज ढकाल
अहिलेको लकडाउन केटाकेटी खेलेजस्तो भयो । यसले न कोरोना नियन्त्रण हुने न जनताको दैनिकी सहज हुने अवस्था रह्यो । नीतिगत रूपमै लकडाउनलाई एकदमै कडा बनाएर कोरोनालाई पूरै नियन्त्रण गरेर ढुक्क हुने वातावरण भएपछि मात्र लकडाउन खोल्नुपर्छ जस्तो लाग्छ मलाई । त्यसरी बल्ल लकडाउनको औचित्य होला नत्र अहिलेको लकडाउनको कुनै औचित्य देखेको अनुभव गर्न सकिन मैले ।
रामचन्द्र सापकोटा
यो एकदम साधारण भाइरस हो । यसलाई नियन्त्रण गर्न मास्क र सेनिटाइजरजस्ता सामग्रीको प्रयोग झन् घातक हुने बुझियो । बरु हाम्रो भान्सालाई अस्पताल र आमा दिदी बैनीहरूलाई चिकित्सक ठानेर घरेलु उपचार विधि र पद्दति अपनाए यसलाई सजिलै जित्न सकिन्छ भन्ने कुरामा मेरो विश्वास छ ।
राजेन्द्र हमाल (राजु)
लकडाउन हटाउनुपर्छ तर सामाजिक दूरी कायम राख्ने कुरामा हामी आफै सचेत रहनु जरुरी छ भन्ने मेरो बुझाइ रह्यो । यसरी लकडाउन जारी राख्दा जनता रोगले भन्दा भोकले मर्ने डर बढ्यो ।
गणेश केसी
मेरो मत पनि साथीहरूकै जस्तो हो । अहिले हामीलाई कोरोनाभन्दा पनि लकडाउनको पीडाले जितेको अनुभव भएको छ । सरकारले जनभावना बुझेर निर्णय गरोस् र प्रभावकारी काम गरोस् ।