कोरोनालाई हल्का ठान्दा संक्रमित र मृतक बढ्दै
काठमाडौं । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसलाई हल्का रुपमा लिँदा नेपालमा यसको असर बढ्दै गएको छ । दिनप्रतिदिन संक्रमित बढ्दै गएका छन् भने मृतकको संख्या पनि बढिरहेको छ ।
मुलुकका अधिकांस ठाउँमा निषेधाज्ञा जारी गरे पनि त्यो सोचेजति प्रभावकारी हुन सकेको देखिदैनन । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको तीन हप्ता हुन लाग्दा पनि संक्रमितको संख्या घट्न सकेको छैन । दीर्घरोगी र अशक्तलाई बढी असर गरेपनि रोग नभएकाहरुलाई पनि कोरोना लाग्छ, लागेको छ । त्यसैले सवै सचेत हुनुपर्ने डक्टरहरु बताउँछन् ।
समुदायतहसम्मै फैलिएको संक्रमणका अवस्था भयावह आउन सक्ने भन्दै जनता आफै सचेत हुनुपर्ने विज्ञहरुले बताएका छन् । ‘दीर्घरोगीहरुको महत्वपूर्ण अंगहरु पहिलेदेखि नै कमजोर हुने हुनाले उनीहरुमा कोरोना भएपछि गा¥हो हुने र जटिलता आएमा व्यवस्थापन गर्न गाह्रो हुने, मृत्युु हुने सम्भावना बढ्ने हुन्छ,’ जनस्वास्थ्यका जानकारहरु भन्छन् ‘तर यसको अर्थ दीर्घरोगीमा मात्रै कोरोनाको संक्रमण हुने वा जटिलता आउने चाहिँ होइन। कोरोना जसलाई पनि लाग्न सक्छ र जो सुकैमा पनि जटिलता हुनसक्छ।’
डाक्टरहरुका अनुसार दीर्घरोगीमा मात्रै कोरोनाको संक्रमण हुने वा जटिलता आउने होइन। कोरोना जसलाई पनि लाग्न सक्छ र जो सुकैमा पनि जटिलता हुनसक्छ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० कटेको छ । त्यस्तै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ भने कोरोना मुक्त हुनेको संख्या ३० हजार ६७७ जना पुगेको छ ।
संक्रमण हुन नदिन उच्च सतर्कता र संक्रमण भइहाले चिकित्सकको सल्लाह वा सम्पर्कमा जानै पर्ने भए पनि धेरैले हेलचेक्र्याइँ गरिरहेको उपचारमा संलग्न चिकित्सक बताउँछन्।
‘स्वाब दिएकाहरु निष्फिक्री घुम्ने, हप्तौंसम्म नतिजा नआउने, केही लक्षण नै नदेखिएकाहरु आत्तिँदै अस्पताल आउने तर लक्षण देखिएकाहरुले समयमा अस्पताल नआइदिने समस्याले असहज बनाइरहेको छ।’ चिकित्सकहरु बताउँछन् ।