गरिव जनता लक्षित राहत प्याकेज ल्याउन माग
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सरकारले गरिव जनतालाई लक्षीत गरि राहत प्याकेज ल्याउनुपर्ने कुरा बताएका छन् ।
साविक समाजवादी पार्टी सम्बद्ध केन्द्रीय समिति सदस्यहरु र संघीय सदस्यहरु सहभागि गुगल मिट अन्तरक्रिया कार्यक्रममा बुधबार उनले उक्त कुरा बताएका हुन् ।
जनताहरु खान नपाएर रोइकराइ गरिरहेको, आत्महत्या दर बढेको प्रति आफूलाई निकै चिन्ता लाग्ने गरेको बताउँदै सरकार यस विषयमा गम्भिर बन्नुपर्ने कुरा बताए ।
साना व्यापारीहरुलाई व्यापार व्यवसायमा रोक लगाउने सरकारले ठूला ठूला व्यापारीहरुको व्यापार व्यवसायलाई संरक्षण गर्ने गरेको कुरा उल्लेख गर्दै उनले सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने कुरा समेत बताए ।
भmण्डै ४ घण्टा लामो अन्तरक्रियामा पार्टीका संगठनहरु समायोजन, बैैकल्पिक शक्ति निर्माणका लागि गर्नुपर्ने कार्यभारहरु, राजनीतिक दलमा लाग्ने नेता कार्यकर्ताहरुको जिम्मेवारीका सन्दर्भमा विस्तृत छलफल गरिएको थियो ।
साविक समाजवादी पार्टी सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघका सह इन्चार्ज पूर्णबहादुर बस्नेतले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।
पार्टीका शिर्षस्थ नेताहरुसंग केन्द्रीय तहका नेताहरुको भर्चुअल अन्तरक्रियाको आयोजना गर्ने गरेका बस्नेतले डा। भट्टराईसंगको अन्तरक्रिया १३ औँ श्रृंखला भएको समेत बताए । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुसंगको अन्तरक्रिया सम्पन्न भइसकेको र यस्तो अन्तरक्रिया कार्यक्रम आगामी दिनहरुमा पनि निरन्तरता दिइने कुरा बताएका छन् ।