सिस्नेखोला–नागढुंगा सुरुङमार्गको काम तीब्र गतिमा

काठमाडौं । धादिङको सिस्ने खोला हुँदै काठमाडौंको नागढुंगा जोडने शुरुङ मार्गको काम तिव्र गतिमा भइरहेको छ । गएको बर्ष अर्थात ०७६ कात्तिक महिनामा प्रधानमन्त्रनी केपी शर्मा ओलीले सो सुरुङ मार्गको शिलन्यास गर्नुभएको थियो । २.६ किलोमिटर लामो सो शुरुङमार्गको भौतिक निर्माणको प्रगती अहिलेसम्म ४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । करिव १० महिनाको अवधीमा यो प्रगति भएपनि आगामी दिनमा कामको गति तिब्ररुपले बढने आयोजनाले जनाएको छ ।


शुरु अवस्थामा काम गर्न केही कठिनाई परेको भएपनि अव कुनै पनि अवरोध नरहेकोले कामको भौतिक प्रगति तिब्ररुपमा अगाडि बढने अपेक्षा गरिएको छ । जापानिज कम्पनीले सम्पुर्ण कामको ठेक्का लिएको र ४२ महिनामा सम्पुर्ण काम सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ ।
दुवैतर्फ बिना बिस्फोट २०–२० सुरुङ खन्ने भइसकेको छ । अब भने बिस्फोटक पर्दाथ प्रयोग गरी ड्रिलको काम अगाडि बढाउन लागिएको बताइएको छ । हाल २ सय जना कामदार निरन्तर कामका लागि खटिइरहेको आयोजनाले जानकारी दिएको छ ।