उड्ने कारको सफल परीक्षण

जापानले निर्माण गरेको उड्ने कारको हालै सफल परीक्षण पनि भएको छ । वर्षौदेखिको सापनालाई साकार पार्दै जापानको स्काइड्राइभ इंक कम्पनीले उड्ने कारको सफल परीक्षण गरेको हो । कम्पनीले सन् २०२३ सम्म उड्ने कारलाई व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखेको छ ।
मोटरसाइकल आकारको स्काइ ड्राइभ नाम दिइएको उड्ने कार एक मिटरदेखि दुई मिटरसम्म उड्नसक्ने कम्पनीले जनाएको छ । यो कार एकपटकमा बढीमा १० मिनेटसम्म निरन्तर उड्न सक्छ ।
व्यवसायिक उत्पादन हुँदासम्ममा ३० मिनेटसम्म उड्नसक्ने बनाउने योजना रहेको कम्पनीका प्रमुख तोमोहिरो फुकुजावाले बताए ।