मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले आर्थिक सहयोग हस्तान्तरण

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ। यस योजना कार्यालयका चालक ज्ञान बहादुर शारुको निधन भएपछि उहाँको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो।

शारु यस योजना कार्यालयमा पाँच वर्षसम्म हलुका सवारी चालकको रुपमा कार्यरत हुनुन्थ्यो । स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा उहाँको ४२ वर्षको उमेरमा यहि भाद्र ११ गते निधन भएको थियो। उहाँको परिवारमा अहिले एक श्रीमती र एक छोरा रहनुभएको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले राहत स्वरुप केही रुकम सहयोग गरिएको योजना कार्यालयका कम्प्युटर अप्रेटलर चतुर्भुज पन्थीले जानकारी दिनुभयो।

सोमबार शारुको निवास सदरमुकाम तम्घासको बसपार्कमा पुगी उहाँको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले मदान भण्डारी राजमार्ग योजना कार्यालयका निमित्त योजना प्रमुख सुनित के.सीले चेक हस्तान्तरण गर्नुभएको हो।

यस योजना कार्यालयमा कार्यरत कर्मचारी लगायतले आर्थिक संकलन गरि रु १ लाख ७६ हजार १ सय रुपैँया सहयोग गरिएको कार्यालयका कम्प्युटर अप्रेटर पन्थीले जानकारी दिनुभयो।

मृतक शारुका १० वर्षिय छोरा मान बहादुर शारुको नाममा मुक्तिनाथ बैङ्कमा नाबालक खाता खोली मुद्दतीमा रु १ लाख ५४ हजार ६ सय रुपैँया सहयोग गरिएको पन्थीले जानकारी दिनुभएको छ। साथै क्रिया खर्चका लागि रु २५ हजार पाँच सय सहयोग गरिएको पनि उहाँले जानकारी दिनुभयो।

त्यस योजनाका निमित्त प्रमुख सुनित केसी, कम्प्युटर अप्रेटर चतुर्भज पन्थी, सब इन्जिनियर विवश बास्तोला, रामकृष्ण रिमाल, कम्युटर अप्रेटर विजय पन्थी, लेखापाल भिमलाल खनाल लगायतको उपस्थिती रहेको थियो।