गुल्मीदरबारले गर्यो दुइबटा बर्थिङ्ग सेन्टरको उद्वघाटन”
गुल्मी – जिल्लाको गुल्मीदरबार गाउँपालिकाले “बिपतमा बालअधिकारको सुनिश्चितता : हामि सबैको प्रतिबद्धता भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस २०७७ को अबसरमा गाउँपालिकाको बडा न. १ बलिथुम स्वास्थ चौकी र बडा न.२ को जुभुङ्ग स्वास्थ चौकीमा सुरक्षित प्रसुती सेवा मार्फत मातृशिशु र नवशिशुको स्वास्थ सुरक्षाको लागि र २४ घन्टा प्रसुती सेवा उपलब्ध गराउनको लागि (birthing center) को उद्वघाटन कार्यक्रम सम्पन्न भयो ! प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अशोककुमार थापा रहेको उक्त कार्यक्रममा बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिना भण्डारी,प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डे र स्वास्थ अधिकृत नारायण अर्यालको रहेको थियो ! बडा न. १ बलिथुमको उद्वघाटन कार्यक्रम सोही बडाका बडा अध्यक्ष राम बहादुर पल्ली र बडा न.२ जुभुङ्गको उद्वघाटन सोही बडाका बडा अध्यक्ष हरिहर गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ! कार्यक्रममा नेकपाका नेता बिस्नु गौतम,जीव ब.माझकोटि नेपाली काङ्ग्रेसका प्रेम पुन जनमोर्चाका नर ब.माझकोटि लगायतले शुभकामना मन्तव्य दिदै बर्थिङ्ग सेन्टरको सफलताको कामना गर्नु भएको थियो उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशोककुमार थापा र विशेष अतिथिहरु उपाध्यक्ष मिना भण्डारी,प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डे र स्वास्थ अधिकृत नारायण अर्यालले मन्तव्य राख्दै गुल्मीदरबार सुखी र समृद्ध गाउँपालिका निर्माणको अभियानमा लागेको हुदा नागरिक हरुलाइ स्वास्थ राख्दै सुरक्षित प्रसुती सेवा लिइ नवशिशुको स्वास्थमा सतर्कता अपनाउनु हुन सबैलाई अनुरोध गर्नु भयो ! कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ अधिकृत नारायण अर्यालले गाउँपालिकाले सुरक्षित र संस्थागत प्रसुती मार्फत गर्भवती महिला र बच्चाको स्वास्थ सुरक्षालाई ध्यानमा राखी “कस्तो छ आमा” कार्यक्रम संचालन गर्न गइरहेकोले कार्यक्रम लाई सफल बनाउन मन,वचन र कर्मले सहयोग गर्न आम नागरिक लाई अनुरोध गर्नु भयो !