थप १२४६ जना कोरोना संक्रमित, कहाँ कति थपिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।
त्यस्तै पल्लिो २४ घण्टामा १२४३ निको भएर डिस्चार्ज भएका छन् । यो सहित ४२ हजार ९ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन् । ७२ प्रतिशत निको भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको पीसीआर नमुना परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो । आजसम्म १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले बताएका छन् ।
कहाँ कति थपिए ?
प्रदेश १ को उदयपुर र खोटाङमा १/१, झापामा ११, धनकुटामा १, भोजपुरमा ५, मोरङमा ९४ र सुनसरीमा ५४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा १६, पर्सामा १९, बारामा १०, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा ९, सर्लाहीमा ११ र सिरहामा ११ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा १ सय १, दोलखामा ३, धादिङमा २, चितवनमा १ सय १, दोलखामा ३, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ५०, मकवानपुरमा ६३, रामेछापमा १, ललितपुरमा ५१ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा ३, तनहुँमा २, नवलपरासी पूर्वमा १५, लमजुङमा १, बागलुङमा ४ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश ५ को कपिलवस्तु, गुल्मी र दाङमा १/१, नवलपरासीमा १६, पाल्पामा १, प्युठानमा २१, बर्दियामा १३, बाँकेमा २१ र रुपन्देहीमा ३ जनामा कोरोना पाइएको छ।
त्यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १०, सुर्खेतमा १, सुदूरपश्चिमको अछाममा २२, कञ्चनपुरमा ८, कैलालीमा २१, डोटीमा १७, बझाङमा १ र बैतडीमा १ कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा चार जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।