एकै दिन २ हजार २० जनामा संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक संख्यामा कोरोना संक्रमित थपिएका छन् । एकै दिन दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको हालसम्मकै धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा ११ हजार ४५८ वटा पीसीआर परीक्षण भएको थियो । योसँगै नेपालमा आठ लाख ९४ हजार ३७३ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।
पछिल्लो चौबीस घण्टामा थपिएका २०२० सङ्क्रमित सहित नेपालमा कुल ६१ हजार ५९३ जना पुगेको छ । उनीहरु मध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८७१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । योसँगै कुल ४३ हजार ८२० पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।
क्वारेन्टिनमा सात हजार ७३६ जना रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३९० पुगेको छ ।


कुन जिल्लामा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ५९ कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा एकै दिन थपिएका संक्रमित पनि हालसम्मकै बढी हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९८ ललितपुरमा ८२ र भक्तपुरमा ७९ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित उपत्यकामा कोराना संक्रमितको संख्या १५ हजार २ सय ३८ पुगेको छ।