कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअुनसार संक्रमितको संख्या ३ करोड १९ हजार ७ सय ६३ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट ९ लाख ४३ हजार ५ सय १५ जनाको मृत्यु भइसकेको छ भने २ करोड ४१ लाख ६ हजार १ सय ३ जना निको भसकेका छन्।
अमेरिकामा संक्रमितको संख्या ६६ लाख ७० हजार ४ सय ९६ पुगेको छ भने १ लाख ९७ हजार ५ सय ८९ जनाको मृत्यु भइसकेको छ। यस्तै, भारतमा ५१ लाख १८ हजार २ सय ५३ संक्रमित र ८३ हजार १ सय ९८ को मृत्यु भएको छ भने ब्राजिलमा ४४ लाख १९ हजार ८३ संक्रमित र १ लाख ३४ हजार १ सय ६ जनाको मृत्यु भएको छ।
यस्तै, मेक्सिकोमा ६ लाख ८० हजार ९ सय ३१ जना संक्रमित भएका छन् भने ७१ हजार ९ सय७८ जनाको मृत्यु भएको छ। एजेन्सी