“गुल्मीदरबारले सुरु गर्‍यो कस्तो छ आमा”? कार्यक्रम

गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँ पालिकाले ७”औ परिवार योजना दिवसको अबसरमा गर्भवती महिलाको बिशेष सुरक्षाको लागी आ.ब.२०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार “कस्तो छ आमा” ? कार्यक्रमको शुभारम्भ गरेको छ ।

सो अबसरमा उक्त कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको थियो । गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डे,बडा अध्यक्षहरु कार्यपालिका सदस्यहरुको बिशेष उपस्थिति रहेको थियो । तेसैगरी गाउँपालिका भित्रका राजनीतिक दलका प्रमुख,पालिकाका स्वास्थ इकाईका इन्चार्ज तथा कर्मचारीको उपस्थिति थियो । स्वास्थ आमा,स्वास्थ बच्चा,संस्थागत प्रसुती र पोषण लगाएतको एकीकृत रुप नै “कस्तो छ आमा” ?  कार्यक्रम रहेको स्वास्थ अधिकृत नारायण अर्यालले बताउनु भयो कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अशोककुमार थापाले समृद्ध र सुखी पालिका निर्माणको अभियानमा हामी सम्पुर्ण जनप्रतिनिधि लागेको हुदा स्वास्थ नागरिक निर्माणको लागि “कस्तो छ आमा”? कार्यक्रमले अहम भुमिका खेल्ने अपेक्षा गर्दै कार्यक्रम सफलता पूबक र प्रभावकारी रुपमा संचालनको लागी आबश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जहेर गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले सुरक्षित र संस्थागत प्रसुती गराइ गर्भवती र सुत्केरी, आमा र स्वास्थ बच्चा बनाउनको लगि यो कार्यक्रम प्रभावकारी हुने हुदा सम्पुर्ण स्वास्थकर्मी कर्मचारीहरुले वार्षिक कार्ययोजना बनाइ कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न निर्देशन गर्नु भयो ।

कार्यक्रममा बडा न.२ क बडा अध्यक्ष हरिहर गौतम, कार्यपालिका सदस्य तुलसा अर्यालले कार्यक्रम लाई प्रभावकारी रुपमा संचालन गर्न जनप्रतिनिधि बाट कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जहेर गर्नु भयो । उक्त कार्यक्रममा बोल्दै पत्रकार महासघ गुल्मी शाखाका सचिब टोपलाल अर्यालले कार्यक्रम आफैमा राम्रो भएको नयाँ भएको हुदा प्रभावकारी रुपमा संचालन होस भन्दै शुभकामना ब्याक्त गर्नु भएको थियो । कार्यक्रममा पत्रकार नवीन कार्की,रमेश बिश्वकर्माको उपस्थिति रहेको थियो ।

Top of Form