रंगशालाको लगातार चौथो जित

चितवन । भरतपुर १६ स्थित बसन्धरा स्कुलको प्रांगणमा आयोजित व्याड्मिन्टन डबल्सको चौथो श्रृङ्खला पनि रंगशाला व्याड्मिन्टन क्लबको पोल्टामा परेको छ । देवी शिवालय व्याड्मिन्टन क्लबका सबै प्रतियोगी पहिलो चरणमै बाहिरिएपछि रंगशालाकै टिमबीच प्रतिष्पर्धा चलेको थियो । शनिवारको खेलमा लगातार दोश्रोपटक बाइको सौभाग्य पाएको राजेन्द्र हमाल ‘राजु’ र गणेश केसीको टिमले उपविजेताको पुरस्कार जित्यो । नारायण श्रेष्ठ र कुमार कट्टेल ‘जिग्री’लाई सेमिफाइनलमा हराएका रामचन्द्र सापकोटा र सरोज ढकाल योसहित तेश्रोपटक विजेता बनेका छन् ।
पहिलो चरणमा छनोट भएका रामचन्द्र सापकोटा र सरोज ढकालले देवी शिवालयका सफल भुजेल र मिलन क्षेत्रीलाई हराएका थिए । यसैगरि राकेश थापा ‘राजेन्द्र’ र प्रमोद बानिया ‘प्रदीप’ले राजु पौडेल र सुरेश अधिकारीलाई हराएका थिए । प्रवेश न्यौपाने र अञ्जन बिसीलाई नारायण श्रेष्ठ र कुमार कट्टेल ‘जिग्री’ले हराएका थिए । यसका साथै राजेन्द्र हमाल ‘राजु’ र गणेश केसीले कृष्ण न्यौपाने ‘टीका’ र डुलबहादुर कुमाललाई हराएका थिए ।
क्वार्टर फाइनलमा रामचन्द्र सापकोटा र सरोज ढकालले राकेश थापा‘राजेन्द्र’र प्रमोद बानिया ‘प्रदीप’लाई हराए । यसैगरी नारायण श्रेष्ठ र कुमार कट्टेल जिग्रीले लक्ष्मण थापा र पूर्णचन्द्र्र सुवेदीमाथि जित हात पारेका थिए ।