थपिए १३५६ जना सङ्क्रमित, कुन जिल्लामा कति ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३५६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ४९ वटा प्रयोगशालामा ११ हजार १५४ वटा आरटी पीसीआर परीक्षण भएको मन्त्रायले जनाएको छ । यो सहित नेपालमा ९ लाख ३४ हजार ९ सय ७७ वटा आरटी पीसीआर परीक्षण भएको छ ।
आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको मन्त्रालयले जनाएको छ।
त्यसतै पछिल्लो चौबीस घण्टामा ८ सय २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने संक्रमितको संख्या ४८ हजार ०६१ जना पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत छ ।
हाल १८ हजार १४२ जना सक्रिय संक्रमित रहेको छन । आइसीयूमा २२३ जना र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।