फेरि लकडाउनको सम्भावना

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । नेपालमा फेरि लकडाउनको सम्भावना बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा पुनः लकडाउन गर्न सिफारिस गरेको मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको उनले बताएका छन् ।
२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकाले लकडाउन गर्नुपर्ने वाध्यता पर्ने प्रवक्ता गौतमले बताएका छन् ।
मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।
त्यस्तै मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।