काम गर्दा जश अपजश दुवै हुन्छ
- मिनबहादुर बस्नेत (अध्यक्ष, पालुवा टोल विकास संस्था)
भरतपुर १६ शान्तिचोक, चितवनका मिनबहादुर बस्नेत सधैं जागरुक, उत्साही र समाजका लागि केही न केही गर्न खोज्ने सचेत नागरिकको नाम हो । आफ्नो टोलबाहेक शान्तिचोक सेरोफेरोका टोलवासीका सुख–दुःखमा पनि सक्रिय रहने उहाँसँग हाम्रा प्रतिनिधिले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।
यस टोल विकास संस्थाको स्थापना कहिले भयो र यो नाम कसरी जु¥यो ?
यो संस्था ०७२ सालमा मेरै पहलमा स्थापना भएको हो ।
मैले भेला बोलाइ ४ ओटा नाम प्रस्ताव गरें अनि यो नाम मन पराएर सर्वसम्मतिले राखियो ।
यो संस्था स्थापनाका उद्देश्य के के हुन् ?
टोलको विकास, चेतना र समृद्धिका लागि सुशासन, सरसफाइ, चेतना, मनोरन्जन, एकता, बिकास निर्माणमा सहयोग, मध्यस्थता र सूचना आदि यस संस्थाका उद्देश्य हुन् ।
तपाईं कहिलेदेखि कार्यसमितिमा रहनुभयो र कहिलेदेखि अध्यक्ष हुनुहुन्छ ?
यो संस्था मेरो पहल र अध्यक्षतामा स्थापना भएकोले म यस संस्थाको सस्थापक अध्यक्ष हुँ । र, यो संस्थामा अहिलेसम्म म नै अध्यक्ष छु ।
संस्था स्थापनाको उद्देश्य र विधि विधान अनुसार काम भएको छ त ?
छ । केही कमि कमजोरी छन् तर बिधि बिधान नै संस्था संचालनको मुख्य आधार बनाइएको छ ।
तपाईंको नेतृत्वमा के के काम भए ?
शान्तिचोकमा सोलार जडान, सडकछेऊमा नालि निर्माण, ब्रेन्चसहितको चौतारो, सरसफाईका कार्य, बिजुली, गिट्टि भराइ, बृक्षारोपण, खेल्कुद, बाल प्रतियोगिता, तालिम सिफारिस, रङ्गशालामा श्रमदान अभियान, रकम सङ्कलन, दानपेटिकाबाट समेत तीनपल्ट रकम हस्तान्तरण । धनधान्याचलमा आपूmलगायत सदस्य साथीहरूलाई परिचालन । टोलबाट नगद तथा धान सङ्कलन । कागति रोपाइ, बृद्धबृद्धालाई सहयोग, रक्तदान कार्यक्रमलाई सहयोग र रक्तदान आदि काम भएका छन् ।
संस्थामा काम गर्दाका अप्ठ्यारा र अपजश के के व्यहोर्नु भयो र व्यहोर्दै हुनुहुन्छ ?
सेवा, सहयोग, विजुली, सफाइ व्यवस्थापन, बाटो, सरकारी सुबिधाका सुचनाहरु र प्राप्तिमा धेरै आसा र माग हुन्छ । राहतको आसा गरेका हुन्छन् । काम नगरिदिए जस्तो गर्छन् । टोलभित्र रमाइला कार्यक्रम, शैक्षिक, चेतनामूलक र खेल्कुद आदिको चाहना गर्छन् ।
टोलवासीले हरेक महिनामा दिनुपर्ने शुल्क रु. ५०।– छ, त्यो पनि बेलामा उठ्दैन । सस्थाले कुनै भेला बोलायो भने सामेल हुन खोज्दैनन् । समय दिन नसक्ने, चासो नदिने, कुनै काम गर्नुपर्दा राम्रो साथ नपाउने । चाहेर नचाहेर बेफुर्सद आदि कारणले कहिलेकाहीं पनि समितिका सदस्यको उपस्थितिले पुर्णता पाउन त कता हो कता बहुमत पु¥याउनै धौ हुने आदि समस्या भोग्नु परिरहेको छ ।
संस्थामा काम गर्दाका जश र सुखानुभूति पनि बताइदिनुस् न ?
संस्थामा काम गर्दा अपजश र अप्ठ्यारो मात्र छैन जश र सुखानुभूति पनि छ । मान सम्मान गर्छन् । सल्लाह सुझावलाई मान्छन् । सोध्न आउँछन् । ‘रेस्पोन्स’ राम्रै हुन्छ । टोल विकासको अध्यक्षको नाताले बिभिन्न बैठक, सभा भेलामा सहभागी हुन, मन्तब्य दिन पाइन्छ । आफुसंग समय नभए साथीहरुलाई सिफारिस गर्न मजा आउँछ । हजुरकै हातमा छ यहाँले जान्नु भएको छ भन्ने विश्वास गर्छन् । अध्यक्षको नाताले विभिन्न संघ सस्था र अभियान्ताहरुले कामको सहयोग माग्छन् । सल्लाह लिन्छन् । पुलिस प्रशासनले कुरो राम्रोसंग सुन्छन् । केही कुरा मान्छन् । मान्न बाध्य पनि हुन्छन् । यसो हुँदा खुशी पनि लाग्छ ।
यस संस्थालाई वडाको साथ र सहयोग कत्तिको छ ?
केही थान बिजुलीबत्ती बाहेक छैन । थोरै ग्राबेल एकपल्ट पाइयो । अन्य कुनै सहयोग छैन । काम धेरै लगाउँछ । यहीँ असोज ७ गतेको बैठकमा चाहिँ १०–११ हजार रुपैयाँको बिजुलीबत्तीको सामान किन्ने पैसा जिम्मा लगाउने कुरो थियो । मैले प्रतिनिधि पठाएँ, के भयो बुझ्न बाँकी छ ।
विधानतः यस संस्थाको अधिवेशन कहिले हुँदैछ ?
यहि ०७७ असोजमा साधारण सभा गरिन्छ । अर्को साल अधिवेशन गरिने छ ।
अब आउने कार्यसमितिमा बस्न तपाईंको चाहना हुन्छ कि हुँदैन ?
म हस्तान्तरण गर्ने पक्षमा छु तर नेतृत्व यस्तो आओस् कि सक्षम र लगनशील । टोल विकास संस्थालाई लथालिङ्ग नपारोस् । समन्वय गर्न सकोस् र बहुमतले विश्वास गरेको होस् । अन्यथा सोचनीय अबस्था हुन्छ ।
म धेरैले मन पराउन् भन्ने नेतृत्व चाहन्छु । तेसो नभए पुनः मै बस्न चाहन्छु । अझै सुदृढ गरि कसरी टोल विकासको पक्षमा हामी मिलेर जान सक्छौं जाऊँ । कमिकमजोरी औंल्याइदिनु होला । तपाईंहरु पनि प्रतिबद्ध हुनु पर्छ । समयानुसार हामीले चल्न चलाउन सक्नु पर्छ । ‘टिमवर्क’ विना कुनै काम सफल हुन असम्भव छ ।
टोलवासीलाई तपाईं के भन्न चाहनु हुन्छ ?
टोल हाम्रो हो । हामीले बनाउने हो । कार्यसमितिका पदाधिकारी वा अध्यक्षले मात्र गर्न सक्ने अवस्था हुन्न । सबैको साथ सहयोग पाऊँ । अरुले के गरे भन्नु भन्दा पहिले मै कर्तब्य पालना र एकतामा सामेल छु कि छैन आफै सोच्ने गरौं । सकारात्मक सोच र काम आफैबाट सुरु गरौं । संस्थालाई पनि घच्घच्याऊँ, आफू पनि जिम्मेवार र कर्तब्यनिष्ठ बनौं ।
र अन्त्यमा, भन्न मन लागेका र भन्नै पर्ने केही कुरा छन् कि ?
हाम्रो जस्तो सोच, मानसिकता, संस्कार गरिबी र शिक्षाको कमि भएको समाजमा राजनैतिक अनिष्ठा र अविश्वास एवं निहितस्वार्थमा लिप्तताको अबस्था रहेको समाजमा सामाजिक काम गर्न मुस्किल नै छ । तर असल मान्छे हुने असल काम गरेर हो । सहजतामा सेवा सुबिधा र मस्तिमा त जो कोहि पनि अग्रसर हुन्छ तर आफ्नै तन, मन, धन र समय दिएर समाजमा काम गर्नु आफैमा राम्रो हो । एउटा परिचय, नेतृत्व विकास र धेरै अनुभवको सहयोगी हुन्छ । धन कमाउन त जो पनि लाग्छन् कामका लागि लाग्नु पो समाजको सेवक अर्थात सच्चा समाजसेवी हुन्छ त ।