नेकपाका नेतालाई विमानस्थलबाटै फर्काइदियो जापान सरकारले

काठमाडौं- सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)का युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ ।

जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन पुगेका राष्ट्रिय सभाका सांसद एवम् मुख्य सचेतक भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको हो ।

भट्टराई लगायतको टोलीलाई हिरोसिमामा आयोजित कार्यक्रम स्थलसम्म पु¥याउन नेपालबाट बासु गौतम लगायतको टोलीले सहयोग गरेको थियो । गौतमले हिरोसिमामा कार्यक्रम तय भएको स्वीकार गरेका छन् ।

गौतमले नेकपाका नेता भट्टराईलाई जापानले रोकेको भन्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको दाबी गरे । हिरोसिमामा निशस्त्रीकरण सम्बन्धी कार्यक्रम आयोजना गरिएको र नेपालबाट नेकपाका नेता भट्टराईसहितका युवा नेताहरूको टोली पठाइएको बताए ।

यसअघि जापानले नेपालीहरूलाई कडा निगारनीमा राख्दै आएको थियो ।