रेसुङ्गा नगरपालिका–२ का वडाअध्यक्ष थापा पीडितहरुको साहारा बन्दै
गुल्मी रेसुङ्गा नगरपालिका–२ की दुवै मृगौला पीडित मैया बिक अहिले ५२ वर्ष पुग्नुभयो । विगत दश वर्ष देखि मृगौला औषधी गर्दै आउनुभएकी विकको उपचारमा लाखौँ खर्च भइसकेको छ । मृगौला पीडित मैयाका श्रीमान ३५ वर्षमै खसे । उनका छोरा २२ वर्षिय मनोज विक पनि दुवै मृगौला फेल भई खसेको डेढ वर्ष भयो ।
अहिले उहाँको परिवारमा दुई जना मात्रै रहनुभएको छ । उहाँका छोरा र मृगौला पीडित मैया । परिवारको आर्थिक अवस्था अन्यन्तै कमजोर छ । समय–सयमा मैयालाई डायालासिसका लागि पाल्पा–बुटवल लैजानुपर्छ । जसले गर्दा उहाँका छोराले काम गर्ने समय समेत पाउनुभएको छैन् । परिवारलाई आर्थिक संकटले घेरेको छ । यो समयमा आर्थिक सहयोगको याचना गर्नुको विकल्प छैन् ।
उहाँमात्र होइन सोही स्थानका ५८ वर्षिय बुद्धिकुमार शाक्य र उनकी ५२ वर्षिय श्रीमती गीता शाक्य पनि प्यारालाइसेस रोगले ग्रसित हुनुहुन्छ । बस्ने गतिलो ओत समेत नभएका उहाँहरुको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको छ ।
बुद्धिकुमार विगत २ वर्ष देखि र उहाँकी श्रीमती गीता विगत १ वर्ष देखि प्यारालाइसेस रोगले ओछ्यानबाट उठ्न सकिरहनु भएको छैन् । उहाँका छोरा–बुहारीले हेरचाह गर्दै आउनुभएको छ । सामान्य ज्याला मजदुरी गरि परिवार चलाई रहेका उहाँहरुलाई कतैबाट आर्थिक सहयोग भए उपचारमा राहत मिल्ने आशा छ ।
पीडितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्य सहित त्यस वडाका वडाअध्यक्ष उदय थापाले सहयोगका लागि विभिन्न माध्यम मार्फत आग्रह गर्नुभयो । स्वदेश तथा विदेशबाट विभिन्न सहयोगीदाताहरुको सहयोगमा आर्थिक संकलन गरि वडाअध्यक्ष थापाले पीडितहरुको साहारा समेत बन्दै आउनुभएको छ ।
वडाअध्यक्ष तथा युवा समाजसेवि थापाको आग्रहपछि रेसुङ्गा नगरपालिका–८ घर भई अहिले युकेमा रहनुभएका झपट भुजेलले त्यहाँ रहनुभएका अन्य २३ जना सहयागीहरुबाट रु १ लाख ५६ हजार ३ सय संकलन गरी उहाँका बुबा तथा रुन्द्र भुजेलको खातामा पठाउनुभयो ।
सो रकम भुजलले सोमबार रेसुङ्गा नगरपालिका–२ का वडाअध्यक्ष थापा मार्फत वडा सदस्य कृष्ण बहादुर थापा, शेर बहादुर वि.क लगायतको उपस्थितीमा पीडितहरुलाई हस्तान्तरण गर्नुभएको छ ।
दुवै मृगौला पीडित मैया विकलाई रु ७८ हजार १ सय ५० र प्यारालाइसेस पीडित शाक्य दम्पत्तीका छोरा झवि शाक्यलाई रु ७८ हजार १ सय ५० रुपैँया हस्तान्तरण गर्नुभएको हो । आर्थिक सहयोग हस्तान्तर गर्दै वडाअध्यक्ष थापाले आफु दिन, दुःखीहरुको राहत र सहयोगका लागि हरेक समयमा जुट्ने गरेको बताउनुभयो ।
उहाँले स्वदेश तथा विदेशबाट आफ्नो आग्रहलाई स्वीकार गरि सहयोग गर्नुभएका सहयोगीदाताहरुलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा राख्नुभयो ।
वडाअध्यक्ष थापाले दुवै मृगौला फेल भई उपचार मृत्युवरण गर्नुभएका मैया विकका २२ वर्षिय छोरा मनोजको उपचारका लागि पनि आर्थिक सहयोग जुटाएपनि उपचार गर्दा गर्दै निधन भएपछि बचाउन नसकिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवि भुजेलले विदेशमा आफ्नो गाँस कटाएर पठाएको सहयोग रकमको उचित सदुपयोग गर्न आग्रह गर्नुभयो । पीडितहरुको उपचारमा राहत पु¥र्याउने उद्देश्यले आर्थिक सहयोग हस्तान्तरण गर्न पाउँदा खुसी लागेको भुजेलले बताउनुभयो ।