“गुल्मीदरबारका बिधालय लाई थर्मल गन र ग्लोब”

गुल्मी – जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सामुदायिक बिधालय लाइ ज्वरो मापन गर्ने यन्त्र (थर्मल गन) र ग्लोब वितरण गरेको छ ! मंगलबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले गाउँपालिका भित्र रहेका ३६ वटा सामुदायिक बिधालय र २ वटा बाल बिकास केन्द्रलाई गाउँपालिकाको प्राङगणमा विशेष कार्यक्रम सहित थर्मल गन र ग्लोब हस्तान्तरण गर्नु भयो ! विद्यार्थीहरुको सिकाइ सहजीकरणको लागि गाउँपालिकाले ४१ वटा थर्मल गन खरिद गरि सामुदायिक बिधालय र बाल बिकास केन्द्रलाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले जानकारी दिनु भयो ! कोरोना भाइरस ( कोभिड- १९) को संक्रमण,रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने ज्वरो मापन गर्ने यन्त्र (थर्मल गन) मार्फत विद्यार्थी र शिक्षकहरुको दैनिक शरिरको तापक्रम मापन गर्नको लागि सहयोग भइ सुरक्षित रुपमा सिकाइ व्यवस्थापन हुने गाउँपालिकाले जनाएको छ