थप एक हजार ९ सय ११ जनामा संक्रमण, ११ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका समेत गरे नेपालमा कुल सङ्क्रमित ७९ हजार ७२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा ३, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ४, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा १ सय ५ र सुनसरीमा ६६ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १९, पर्सामा २८, बारामा १४, महोत्तरीमा १६, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा ५ र सिरहामा ३९ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ८ सय १७ जनामा कोरोना भेटिएको छ । काभ्रेमा १७, चितवनमा ८६, दोलखामा ३, धादिङमा १७, नुवाकोटमा १०, भक्तपुरमा ५८, मकवानपुरमा १७, रामेछापमा ६, ललितपुरमा ६८, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा ५, तनहुँमा ८, नवलपरासी पूर्वमा १४, पर्वतमा २, लमजुङमा २, बागलुङमा १४ र स्याङजामा १ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका ३, गुल्मीका ३, दाङका ९, नवलपरासीका १०, पाल्पाका ३, बर्दियाका ४, बाँकेका ३०, रुकुम पूर्वमा ५ र रुपन्देहीका ९१ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जुम्लामा ३७, दैलेखमा २, मुगुमा २, रुकुम पश्चिममा ३ र सल्यानमा ३ जनाका कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २४, कैलालीमा १ सय ६१, डडेल्धुरामा १, बझाङमा २ र बैतडीमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९६१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो समेत गरेर डिस्चार्ज हुनेको संख्या ५७३८९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल २१ हजारर ८३० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । संक्रमित मध्ये २२० जनाको आइसियुमा र २५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । त्यस्तै ५०७७ क्वारेन्टिनमा रहेका छन् ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।
आज मृत्यु हुनेमा एक चिकित्सक समेत छन् । भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको मृत्यु भएको हो ।
कोरोना सक्रमितको उपचारमा खटिकाका वरिष्ठ चिकित्सक डा. सापकोटाको कोरोनाकै कारण विहीबार दिउँसो मृत्यु भएको बताइएको छ ।