‘यो बेला अनशन सुहाउँदो विषय होइन’
काठमाडौं । सरकारले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । बिहीबार सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताएका छन् ।
मन्त्ती ज्ञावलीले भने ‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र पक्कै पनि होइन ।’
डा। केसीका धेरै माग पूरा भइसकेको र पूरा गर्न बाँकी विषयमा पछि छलफल गर्न सकिने बताउँदै मन्त्री ज्ञवालीले अहिले अनशन फिर्ता लिएर सबै कोभिड विरुद्धको लडाईंमा जोडिनु पर्ने बताएका छन् ।