प्राधिकरणमा किन भएन कुलमानको नियुक्ति ?


काठमाडौं । नेपाल बिद्युत प्राधिकरण नेतृत्वबिहीन भएको आगामी २९ गते एक महिना बित्दै छ । यस बिचमा बाग्मतीमा धेरै पानी बगिसक्यो । तर पनि प्राधिकरणले तत्कालै नेतृत्व पाउन सक्ने छाँटकाँट देखिएको छैन । के र कुन कारणले नियुक्तिमा ढिलाइ भइरहेको छ भन्ने बिषयमा नियामक निकायहरु तथा उर्जा र जलश्रोत मन्त्रालयले पनि मेसो पाउन सकिरहेको छैन ।
चार वर्ष अगाडि प्राधिकरणको नेतृत्व लिएर मुलुकलाई १८घण्टा लामो लोडसेडिङबाट मुक्त गराएका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौ २९ गते कार्यकाल पुरा गरी बिदा भएका छन् । उनले ४ वर्षको अवधिमा मुलुकबाट लोडसेडिङ मात्र हटाएनन् कि प्राधिकरणलाई कायापलट गरेर वाहवाहीका पात्र बने ।
तर उनै सफल पात्र कुलमानलाई ओली सरकारले प्राधिकरणमा पुनः नियुक्ति नगरेर अपमान गरेको छ । आप्mना वरीपरीका भजनमण्डली र चाकरीवाजहरुलाई महिनाको दुई पटक फरक फरक राजनीतिक नियुक्ति दिलाउन सक्ने प्रधानमन्त्री केपी शर्मा ओली कुलमानको हकमा भने मौन छन् । यसको लागि बिभागीय मन्त्री बर्षमान पुनको पनि कमजोरी रहेको बताइन्छ ।
मन्त्री पुनले कुलमानको हकमा दह्रोसँग अडान राख्न नसकेको र मन्त्रिपरिषदमा प्रस्ताव नै लैजान नसकेको जानकारहरु बताउँछन् ।