बिति रैैछ

तल्लो जातको भन्दै होच्याउँदा पनि सुने नसुने झैँ गरि आँसुका ढिक्का पुछ्दै आफ्नो मनलाई जिति रैछ बेपत्ता भएकीछे भन्थे कान्छी त बलत्कृत भएर पो बिति रैछ खाने मुख धेरै रैछन् काम पाउने अवस्था छैन खानेकुराको नाममा घरमा नुनको ढिको इत्ति रैछ भूतप्रेत लाग्यो भन्थे साइँली त भोकले छटपटिएर पो बिति रैछव्यवस्था फेरियो तर देश र जनताको अवस्था फेरिएन समाजमा अनेकौँ प्रथा, सामाजिक समस्या र कुरीति रैछ बोक्सी भन्दैै मलमुत्र खुवाएछन् माइली त पीडा खप्न नसकेर पो बिति रैछ सरकारको काम तथ्याङ्क भन्ने कति संक्रमित थपिए कति मरे दिनमा मान्छे जसरी मरेको होस् कोरोना परिक्षण गर्ने सरकारको नीति रैछ कोरोना संक्रमित भन्थे जेठी त समयमा अस्पताल पुग्न नपाएर पो बिति रैछ