कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सुनसरीका ३९ बर्षीय पुरुष, धनुषाका ७० बर्षीय पुरुष, काठमाडौँकी ७९ बर्षीय महिला र ५८, ९१ बर्षीय पुरुष, ललितपुरकी ७३ बर्षीय महिला, भक्तपुरकी ८२ बर्षीय महिला, चितवनका ८१, ८१ र ९२ बर्षीय पुरुष, कास्कीका ८३ बर्षीय पुरुष र सुर्खेतकी ८२ बर्षीय महिलाको निधन भएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।