पुर्व प्रधानमन्त्रीको आरोपमा कति सत्यता ?
काठमाडौं । पुर्व प्रधानमन्त्रीसमेत रहेका राष्ट्रिय जनता समाजबादी पार्टीका बरिष्ठ नेता डा. बावुराम भटट्राईले सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका नेताहरु माथि भ्रष्टाचारको गंभिर आरोप लगाएका छन । बिहीवार आफनो निर्वाचन क्षेत्र गोरखा पुगेका नेता भटट्राइले कार्यकर्ताका माझ खुल्लारुपमा मुलुकका शक्तिशाली राजनीतिक पार्टीका प्रमुख नेताहरुमाथि यस्तो आरोप लगाएका हुन । उनको यो आरोप शुक्रवार बाहिर आएसँगै मुलुकको राजनीतिमा नयाँ तरङग उत्पन्न भएको छ ।
मुलुकको प्रमुख कार्यकारी र अर्थमन्त्रीको भुमिका निभाइसकेका पुर्व प्रधानमन्त्री भटट्राइले हचुवा र अनुमानको भरमा नेताहरुमाथि यस्तो आरोप पक्कै लगाएका होइनन र थिएन होला । उनले लगाएको संगिन आरोपका बिषयमा अहिले राजनीतिक बृत्तमा बिभिन्न कोणबाट बहस र छलफल चल्न थालेको छ ।
बुढी गण्डकी बिद्युत आयोजना निर्माणको नाममा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका बर्तमान अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ९ अर्व रकम भ्रष्टाचार गरेको उनले दावी गरेका छन । भटट्राइले खुल्ला रुपमा यत्रो रकम भ्रष्टाचार गरेर सो आयोजना बन्न दिएर अलपत्र पारेको आरोपसमेत लगाएका छन । यो आयोजना हालसम्म नबन्नुको कारण पनि यही हो उनको दावी रहेको छ । उनले लगाएको आरोपका बारेमा शुक्रवारसम्म सत्तारुढ दल नेकपा र नेपाली काँग्रसले आफनो धारणा बाहिर ल्याई सकेका छैनन ।
साथै प्रमुख नेताहरुले पनि यसबारेमा आफनो मुख खोलि सकेका छैनन । पुर्व प्रधानमन्त्री भटट्राईको भनाईमा के कति सत्यता रहेको छ त्यसबारेमा लेखाजोखा गर्न भने जरुरी भैसकेको छ । मुलुकमा भ्रष्टाचार भए नभएको छानवीन गरेर कारवाही गर्ने सरकारी निकायहरु नभएका पनि होइनन । राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता सरकारी निकायहरु खडा र बिद्यमान छन । उनीहरुको काम भनेकै सरकारी निकायमा हुने भ्रष्टाचारमा ध्यान पुरयार्उनु र त्यसलाई न्युनीकरण गर्दै दोषी उपर कारवाही गरेर मुलुकमा सुशासन कायम गर्दै जानु हो ।
प्रधानमन्त्री भएर मुलुक हाँकेको व्यक्तिले एउटा रानीतिक पार्टीको कार्यकर्ताले जस्तो गरी हलुका र नेताले बोले जस्तो गैर जिम्मेवार भएर हचुवा र अनुमानको भरमा त्यसै पक्कै आरोप लगाएर बोलेका छैनन होला । यसमा अहिले नै शंका गरिहाल्न पनि हतारो हुनेछ । यदि उनले लगाएको आरोप पुष्टि हुन सकेन भने उनको उचाई र कद स्वत आफैं घटने निश्चित छ ।