जनकपुर -जयनगर रेल सेवा पुन सुरु हुने, परिक्षण सञ्चालन सफल

जनकपुर -चार दशकदेखि बन्द रेलमार्गमा पुन : सन्चालन हुने भएको छ रेल सञ्चालन गर्ने उद्देश्यले भारतीय टोलीले गरेको परीक्षण सञ्चालन सफल रुपमा सम्पन्न भएको हो।

नेपाल भूखण्डको जयनगर रेलवे स्टेसनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित बुधबार परीक्षण सम्पन्न भएको छ । जयनगरबाट खजुरीसम्म ५३ वटा बोगी इन्जिनसहित गिट्टी बोकेर खजुरी स्टेसनसम्म पुगेका छन्।

उक्त रेलले आवश्यक स्थानमा ब्लास्ट ओछ्याउने काम गर्नुका साथै सहज रूपमा उक्त रेल आवत जावत गरेको छ। रेल हेर्न स्थानीयक बासीको ठूलो भीड लागेको थियो। दुई छिमेकि मुलुक जोड्ने दक्षिण एसियाकै पहिलो रेल्वेवय स्टेसनको रुपमा विकास भएको छ । उक्त स्टेसनहेर्ने आउनेको ठुलो जमात लागेका थियो।
छिमेकि राष्ट्र भारत सरकारको सात अर्ब रुपैयाँ सहयोगमा जनकपुर हुँदै जयनगर कुर्था ब्रोडगेज रेलसेवाको निर्माण अन्तिम चरणमा पुगेको छ।