काठमाडौं उपत्यकामा १७०९ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाभाइरसका संक्रमित एक हजार ७०९ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा ११६ मा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा गरेर १३ हजार २७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित एक लाख नाघेको छ । शुक्रबार थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित एक लाख छ सय ७६ पुगेको छ । सक्रिय सङ्क्रमित २७ हजार ५३ पुगेको छ ।
त्यस्तै शुक्रबार थप १० जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।